९ लाख घुससहित नापी अधिकृत पक्राउ, छुट जग्गाको मिसिल पठाउन सेवाग्राहीसँग रकम मागेको आरोप

२०८३ असोज १ बिहीबार
बेलुकी ७:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । छुट जग्गा दर्ताका लागि सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालयमा पठाइदिने भन्दै सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं डिल्लीबजारस्थित ३ नं. नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार वलीलाई आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले २०८३ भदौ ३१ गते टोखा नगरपालिका–५ स्थित वसुन्धरा चोकको एक रेस्टुरेन्टबाट ९ लाख रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

आयोगमा परेको सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो । छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउनुपर्ने काममा अनावश्यक सास्ती, दुःख तथा हैरानी दिँदै वलीले सेवाग्राहीसँग घुस मागेको आरोप छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार वलीविरुद्ध घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको छ ।

असोज १ गते विशेष अदालतको आदेशबाट वलीलाई हिरासतमा राख्ने म्याद थप गरिएको आयोगले जनाएको छ ।

९ लाख रुपैयाँ घुससहित पक्राउ परेका वलीमाथि भ्रष्टाचार निवारण ऐनबमोजिम थप अनुसन्धान अघि बढाइने अख्तियारले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा

  • २०८३ असोज १ बिहीबार

न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् ।  आईतबार जसपा

पूरा पढ्नुहोस्

Bureau Menus