न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका पूर्वमन्त्री सँजय कुमार यादवले जनमत पार्टीको राष्ट्रिय महासचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।
वीरँगजको टाउनहलमा आउँदो असोज १० गते हुन लागेको दोस्रो राष्ट्रिय अधिवेशनमा उनले राष्ट्रिय महासचिवको लागि उम्मेदवारी दिएका हुन् ।
पार्टीको निर्वाचन प्रक्रिया अन्तर्गत असोज १ गते राखिएको मनोयन दर्ताको समयमा उनले महासचिको लागि मनोयन दर्ता गराएका हुन् ।
मधेश प्रदेशको सिरहा जिल्ला निवासी यादवले दुई पटक मन्त्री भएका उम्मेदवार हुन् । जनमत पार्टीबाट उनले एकपटक राज्यमन्त्री भए भने अर्को पटक वनमन्त्री बन्न सफल भएका उम्मेदवारको रुपमा चिनिएका छन् ।
जनमत पार्टीमा शून्य समयदेखि नै लगानी गरेका यादवलाई पदाधिकारी, सदस्यले पत्याउने सम्भावना अधिक रहेको उनका निकटम व्यक्तिहरु दाबी गर्छन् ।
यसअघि पार्टीको राष्ट्रिय सचिव बनेका यादवले दोस्रो महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा
- २०८३ असोज १ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो । विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने
पूरा पढ्नुहोस्





