धनुषामा मोटरसाइकल चेकजाँच गर्दा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ

२०८३ भदौ ३१ बुधबार
बेलुकी ७:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा प्रहरीले स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

धनुषाको धनौजी गाउँपालिका–२ गोरदाहा देउरीस्थित भित्री सडकमा प्रहरीले मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ ३१ गते दिउँसो ३ः४५ बजे प्रहरी चौकी धनौजीबाट खटिएको गस्ती टोलीले शंका लागेर मोटरसाइकल चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा भारतको मधुबनी जिल्ला खौना बस्ने ३५ वर्षीय राधाकान्त बयारको कमरमा लुकाइराखेको अवस्थामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।

नगद बरामद भएपछि बयारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको कमलास्थित एकैराती दुई घरमा चोरी, लाखौको समान पार

  • २०८३ भदौ ३१ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. २ सराबेस्थित गएराती लाखौँको समाचार चोरी भएको छ ।  कमला नपा २ सराबेस्थित रामबहादुर मण्डल र बीरेन्द्र कापरको घरमा गएराती करिब

पूरा पढ्नुहोस्

Bureau Menus