न्यूज ब्यूरो, जनकपुरधाम । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामले सडकको क्षेत्राधिकारभित्र बनाइएका स्थायी तथा अस्थायी संरचना हटाउन ३५ दिने अल्टिमेटम दिएको छ ।
सडक विभागअन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयले सूचना जारी गर्दै सडक सीमाभित्र रहेका घर, टहरा, भौतिक संरचना तथा सडक आवागमन र निर्माण कार्यमा अवरोध पुर्याउने मालवस्तु तथा निर्माण सामग्री हटाउन सम्बन्धित व्यक्ति तथा सरोकारवालालाई आग्रह गरेको हो ।
निर्देशनालयले बलान–कमला सडक, सिरहा, जनकपुर–यदुकुहा सडक धनुषा, जनकपुर–कपटोल–तीनकौरिया–कमला सडक धनुषा, जनकपुर–बसबिट्टी–भ्रमरपुरा–बलवा–सरपल्लो–नौली–मोहरभिठ्ठा सडक धनुषामहोत्तरी, सितलपुर–मलंगवा–खैराटोल सडक सर्लाही तथा बागमती–संग्रामपुर सडक लगायतका सडकको क्षेत्राधिकारभित्र रहेका संरचना तथा सामग्री हटाउन भनेको छ ।
सडक क्षेत्रभित्र स्थायी तथा अस्थायी संरचना निर्माण गरिँदा सडक दुर्घटनाको जोखिम बढ्नुका साथै सडक संरक्षण तथा निर्माण कार्यमा समेत बाधा पुग्ने अवस्था देखिएको निर्देशनालयले जनाएको छ ।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित सडक सीमाभित्र रहेका त्यस्ता संरचना तथा सामग्री आफैं हटाउन निर्देशनालयले आग्रह गरेको छ ।
तोकिएको समयभित्र संरचना तथा सामग्री नहटाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत निर्देशनालयले दिएको छ ।
निर्देशनालयले उक्त सूचना २०८३ भदौ २३ गते प्रकाशित गरेको हो ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८३ भदौ ३१ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्


