विना अनुमतिको कक्षा सँचालन बन्द गर्न शिक्षा विकासको पत्र
न्यूज ब्यूरो | जनकपुरधाम, ३१ साउन । धनुषामा विना अनुमतिकै विद्यालयहरुले आफ्नो मनोमानी ढँगले विभिन्न कक्षा सँचालन गर्दैै आएको छ । विद्यालयहरुले तल्ला कक्षाको अनुमति लिई माथिल्ला तहका कक्षाहरु सँचालन गरिरहेको समाचार विभिन्न सँचारमाध्यमहरुमा प्रकाशन प्रकाशित भएपछि शिक्षा विकास तथा समन्वय ईकाइ धनुषाले त

२०७५ साउन ३१ बिहीबार, दिउँसो १:४३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो |
जनकपुरधाम, ३१ साउन । धनुषामा विना अनुमतिकै विद्यालयहरुले आफ्नो मनोमानी ढँगले विभिन्न कक्षा सँचालन गर्दैै आएको छ ।
विद्यालयहरुले तल्ला कक्षाको अनुमति लिई माथिल्ला तहका कक्षाहरु सँचालन गरिरहेको समाचार विभिन्न सँचारमाध्यमहरुमा प्रकाशन प्रकाशित भएपछि शिक्षा विकास तथा समन्वय ईकाइ धनुषाले त्यस्ता कक्षा बन्द गर्न पत्राचार गरेको छ ।
जिल्लाभरिमा माथिल्लो तहको कक्षाको लागि अनुमति नै नलिईकन कक्षा सँचालन गरिरहेको पाइएको भन्दै ईकाईले जिल्ला प्रशासन कार्यालय धनुषालाई बोद्यार्थ गर्दै विना अनुमतिका कक्षाहरु यथाशिघ्र बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
पत्राचारपछि त्यस्ता अवैद्यानिक कक्षा सँचालन बन्द नगरिएको खण्डमा कानुन बमोजिकमको कारवाही गरिने समेत जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…