
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
मन्त्रालयले केही प्रमुख प्रशासकीय अधिकृतलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा कामकाजका लागि खटाएको छ। यस क्रममा विभिन्न गाउँपालिका तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारीसमेत हेरफेर भएको छ।

२०८३ भदौ २९ सोमबार, राति ९:१६ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, जनकपुरधाम । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४१ प्रमुख प्रशासकीय अधिकृतसहित ५२ जना अधिकृतको सरुवा तथा कामकाजमा खटाएको छ।
मन्त्रालयले सोमबारको निर्णयअनुसार विभिन्न मन्त्रालय, स्थानीय तह तथा निकायमा कार्यरत अधिकृतहरूको सरुवा तथा कामकाजमा खटाएको हो। मन्त्रालयको निर्णयअनुसार कुल ५२ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ।
सरुवा तथा कामकाजमा खटाइएकामध्ये ४१ जना विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्। उनीहरूमध्ये कतिपयलाई अर्को स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने केहीलाई गृह मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, राष्ट्रिय किताबखाना तथा सूचना तथा सञ्चार मन्त्रालयलगायतका निकायमा सरुवा गरिएको छ।
त्यसैगरी, विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, मालपोत तथा अन्य सरकारी निकायमा कार्यरत शाखा अधिकृत तथा प्रशासकीय अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित कामकाजमा खटाइएको छ।
सरुवा लिस्टको डाउनलोड यहाँबाट गर्नुहोस
मन्त्रालयले केही प्रमुख प्रशासकीय अधिकृतलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा कामकाजका लागि खटाएको छ। यस क्रममा विभिन्न गाउँपालिका तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारीसमेत हेरफेर भएको छ।
मन्त्रालयको विवरणअनुसार सूचीमा रहेका कर्मचारीहरू नेपाल प्रशासन सेवा(सामान्य प्रशासन समूहका राजपत्राङ्कित तृतीय श्रेणीका प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृत तथा प्रशासकीय अधिकृतलगायत छन्। एक जना नेपाल न्याय सेवा(न्याय समूहका प्रमुख प्रशासकीय अधिकृतसमेत सरुवामा परेका छन्।
धनुषाको जनकनन्दिनी गाउँपालिकाका अधिकृत सँतोष कुमार शर्मा गृहमन्त्रालय सरुवा भएका छन् । उनको ठाउँमा रेवती प्रसाद पौडेल आउने भएका छन् भने औरहीका अधिकृत उमेश कुमार यादव पनि गृहमन्त्रालय सरुवा भएका छन् । उनको ठाउँमा कामेश्वर यादव आउने भएका छन् ।
यस्तै, धनौजी गाउँपालिकाका अधिकृत राजकुमार दास भूमि व्यवस्थापन विभागमा सरुवा भएका छन् भने धनौजीमा रँजीत कुमार यादव आउने भएका छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
बुधबार · द्दितीया
तस्बिर: Toshiro lama / Wikimedia Commons / CC BY-SA 4.0बुधबार · द्दितीया
भाइटीका, किजा पूजा
भाइटीका, दीपावलीको दोस्रो दिनका रूपमा मनाइएको पर्व हो, जसमा दिदीहरूले आफ्ना भाइलाई लामो जीवन र समृद्धिका लागि टीका गर्नुलाई विशेष महत्व दिइन्छ। यो दिन दिदीहरूले भाइलाई मिठाई र माेलाईँ दिने परम्परा अनुसार मनाइन्छ। भाइटीकामा भाइको सुरक्षा र दिदीको माया प्रकट गर्ने एक विशेष अवसरका रूपमा यसलाई मनाइन्छ, जसका कारण यो पर्व भाई-बहिनीको सम्बन्धलाई अझ गाढा बनाउछ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २५ बुधबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढाइमा प्रगति हुनाले आत्मविश्वास परिपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…