मधेसका दिग्गज नेता हृदेष त्रिपाठी नेकपामा प्रवेश गर्दै
न्यूज ब्यूरो | काठमाडौं, ३१ साउन । सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका सांसद हृदयश त्रिपाठी औपचारिक रुपमा नेकपामा प्रवेश गर्ने भएका छन् । बिहीबार नेकपाको धुम्वाराहीस्थित पार्टी कार्यालयमा त्रिपाठी लगायत अन्य केही नेताहरु प्रवेश गराउन लागिएको नेकपाले जनाएको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष

२०७५ साउन ३१ बिहीबार, बिहान १०:०३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो |
काठमाडौं, ३१ साउन । सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका सांसद हृदयश त्रिपाठी औपचारिक रुपमा नेकपामा प्रवेश गर्ने भएका छन् ।
बिहीबार नेकपाको धुम्वाराहीस्थित पार्टी कार्यालयमा त्रिपाठी लगायत अन्य केही नेताहरु प्रवेश गराउन लागिएको नेकपाले जनाएको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को उपस्थितिमा उनीहरुलाई पार्टीमा भित्राउन लागिएको हो ।
गत निर्वाचनअघि राजपा त्यागेका त्रिपाठी प्रतिनिधिसभाको निर्वाचनमा नवलपरासी १ बाट विजयी भएका थिए । त्रिपाठी सहित बृजेश गुप्ता पनि नेकपामा प्रवेश गर्ने भएका छन् ।
राजपाका तत्कालीन नेताहरु सूर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए । उनीहरुसहित अन्य पार्टीका नेताहरु समेत नेकपा प्रवेश गर्न लागेका हुन् । नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले बिहीबार विभिन्न नेताहरु पार्टी प्रवेश गर्न लागेको जानकारी दिए । यो खबर राजधानी दैनिकमा छापिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…