प्रहरीसँग ‘पहुँच’ रहेको भन्दै १ लाख असुली, वडाध्यक्षका प्रत्याशी पक्राउ

२०८३ भदौ २७ शनिबार
बेलुकी ५:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । प्रहरीसँग आफ्नो पहुँच रहेको भन्दै थुनुवा छुटाइदिने र मुद्दा मिलाइदिने आश्वासन दिएर रकम असुली गरेको आरोपमा रौतहटमा वडाध्यक्ष पदका प्रत्याशी पक्राउ परेका छन् ।

गरुडा नगरपालिका–९ श्रीपुरका शेख हुस्नैनलाई १ लाख रुपैयाँ असुली गरेको आरोपमा प्रहरीले पक्राउ गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो ।

प्रहरीका अनुसार केही दिनअघि श्रीपुरमा भएको झगडाका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा रामजन मियाँ पक्राउ परेका थिए । त्यसपछि हुस्नैनले रामजनकी श्रीमतीलाई सम्पर्क गरी प्रहरीसँग कुरा गरेर मुद्दा मिलाइदिने तथा थुनुवालाई छुटाइदिने आश्वासन दिएको आरोप छ ।

सोही आश्वासनमा हुस्नैनले १ लाख रुपैयाँ लिएको बताइएको छ । तर रकम बुझाएपछि पनि रामजन नछुटेपछि उनकी श्रीमतीले आफू ठगीमा परेको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि प्रहरीले हुस्नैनलाई पक्राउ गरी जिल्ला अदालत गौरबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यका अनुसार प्रहरीको नाम र पदको दुरुपयोग गरी रकम असुली गरेको आरोपमा हुस्नैन पक्राउ परेका हुन् ।

“प्रहरीको नाममा रकम असुली गर्ने कार्य गम्भीर विषय हो। जाहेरीका आधारमा पक्राउ गरी जिल्ला अदालत गौरबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ,” डीएसपी आचार्यले भने ।

वर्तमान वडाध्यक्षविरुद्ध पनि जाहेरी

हुस्नैन पक्राउ परेपछि घटनामा गरुडा–९ का वर्तमान वडाध्यक्ष राजेश सहनीविरुद्ध पनि थुनुवा छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा जाहेरी परेको प्रहरीले जनाएको छ ।

सहनीमाथि लागेको आरोपबारे समेत अनुसन्धान भइरहेको डीएसपी आचार्यले बताए ।

तर सहनीले भने रामजनलाई छुटाउन आफूले कसैसँग रकम नलिएको दाबी गर्दै आरोप अस्वीकार गरेका छन् ।

प्रहरीको ‘पहुँच’ देखाएर रकम असुली?

घटनाले प्रहरीसँगको पहुँच वा राजनीतिक प्रभावको नाममा सर्वसाधारणबाट रकम असुल्ने प्रवृत्तिमाथि प्रश्न उठाएको छ ।

थुनुवा छुटाइदिने, मुद्दा मिलाइदिने वा प्रहरीसँग ‘सेटिङ’ मिलाउने भन्दै रकम उठाउने कार्य आर्थिक ठगीसँगै प्रहरी संगठनको नाम र विश्वसनीयताको दुरुपयोगसँग समेत जोडिन्छ ।

यद्यपि हुस्नैनमाथि लागेको आरोप अनुसन्धानकै क्रममा रहेको छ । उनले वास्तवमै प्रहरीसँग कुरा गरेर थुनुवा छुटाइदिने नाममा रकम लिएका हुन् वा अन्य कुनै उद्देश्यका लागि रकम लिएको भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ ।

प्रहरीले आफ्नो नाम, पद वा पहुँचको दुरुपयोग गरी रकम असुली गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउने जनाएको छ ।

हुस्नैन हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन् भने घटनामा अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रहेनन जनकपुरका चर्चित साहित्यकार एवम् शिक्षाविद् 'डा. राजेन्द्र बिमल'

  • २०८३ भदौ २७ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका चर्चित साहित्यकार, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्र प्रसाद विमलको निधन भएको छ । डा. विमलको सोमबार राति १२ः३० देखि १२ः४५ बजेको बीचमा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको

पूरा पढ्नुहोस्

Bureau Menus