धनुषामा मापसे चेकिँग अभियानः दिउँसै मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२०८३ भदौ २६ शुक्रबार
बिहान ०९:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा लागू पदार्थ सेवन गरी सवारी चलाउने चालकविरुद्ध विशेष अभियान सञ्चालन गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिरोमाइल धनुषाको आयोजनामा बुधबार जनकपुरधाम उपमहानगरपालिकाको बाह्रबिघामा विभिन्न सवारी साधनका चालकलाई लक्षित गरी लागू पदार्थ तथा औषध सेवन परीक्षण अभियान सञ्चालन गरिएको हो ।

अभियानका क्रममा १५ वटा सवारी साधनका चालकको परीक्षण गरिएकोमा दुई जना चालकले लागू पदार्थ सेवन गरी सवारी चलाएको पाइएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

लागू पदार्थ सेवन गरी सवारी चलाएको पुष्टि भएका दुवै चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।

लागू पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै मानवीय तथा भौतिक क्षति हुन सक्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषामा एक बालिका बलात्कृत, २२ बर्षिय युवक फरार !

  • २०८३ भदौ २६ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक १० बर्षिय बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ । बालिकाको बलात्कार भएको एक साता भएको जनाइएको छ ।  धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठिहनस्थित

पूरा पढ्नुहोस्

Bureau Menus