न्यूज ब्यूरो, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधनसहित वीरगञ्जस्थित क्यासिनोबाट पक्राउ परेका छन् ।
शनिबार राति जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा वीरगञ्जको गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट अध्यक्ष यादवसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले क्यासिनो परिसरबाट सखुवा प्रसौनी गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियोसमेत नियन्त्रणमा लिएको जनाएको छ । सरकारी जिम्मेवारीमा रहेका गाउँपालिका अध्यक्ष सरकारी सवारीसाधनसहित क्यासिनो परिसरमा भेटिएपछि उनलाई सवारीसाधनसहित नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
यादवसँगै क्यासिनोका कर्मचारी तथा अन्य व्यक्तिहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ । सरकारी सवारीसाधन क्यासिनोमा किन र कुन प्रयोजनका लागि प्रयोग गरिएको थियो भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले घटनाको विस्तृत विवरण आइतबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जानकारी दिएका छन् ।
नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न कानुनी प्रतिबन्ध छ । यस्तो अवस्थामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधि सरकारी सवारीसाधनसहित क्यासिनो परिसरमा भेटिएपछि घटनाले सरकारी स्रोतसाधनको प्रयोग र जनप्रतिनिधिको आचरणमाथि प्रश्न उठाएको छ ।
यद्यपि, अध्यक्ष यादवले क्यासिनोमा जुवा खेलेका थिए वा थिएनन् तथा उनी क्यासिनो परिसरमा कुन प्रयोजनका लागि पुगेका थिए भन्ने विषय प्रहरीले अनुसन्धानबाट स्पष्ट गर्ने जनाएको छ ।
प्रहरीको आधिकारिक विवरण र अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता तथा अध्यक्ष यादवमाथि हुने सम्भावित कानुनी कारबाहीबारे स्पष्ट हुने देखिएको छ ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी
- २०८३ भदौ २१ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी
पूरा पढ्नुहोस्




