जनकपुरधाम । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि जनकपुरबाट राहत सामग्रीसहितको टोली रसुवातर्फ प्रस्थान गरेको छ ।
विपद्को कठिन घडीमा रसुवाका बाढीपीडितलाई मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले एकता मुस्लिम संगठन र महोत्तरी मुस्लिम कमिटी संघको पहलमा राहत सामग्री सङ्कलन गरी टोली रसुवातर्फ प्रस्थान गरेको हो ।
अभियानमा कतारस्थित इमरान ज्वेलर्ससहित नेपाल तथा कतारमा रहेका विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् । अभियानका लागि कतारबाट जिलानी साफी, इन्जिनियर जाबिर अन्सारी, आशिक शेख, जैनुद्दीन अन्सारी, बसरुद्दीन अन्सारी, फुरकान अन्सारी र सद्दाम राइन सक्रिय रूपमा जुटेका थिए ।
त्यस्तै, नेपालबाट हकीम राइन, जानी खान मधेसी, सलामत राइन, मुन्ना नेपाली, समिर सिद्दिकी, नजामुद्दिन हक तथा मुस्लिम युवा नागरिक समाजले राहत सङ्कलन तथा व्यवस्थापनमा सहयोग गरेका छन् ।
राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सहयोगी, शुभेच्छुक तथा दाताहरूप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ ।
बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
‘मानवता, भाइचारा र एकता’लाई मूल भाव बनाइएको अभियानमार्फत विपद्को समयमा पीडित नागरिकको साथमा उभिन सबैलाई सहयोग र सद्भावका लागि आग्रह गरिएको छ ।
‘हनुमान’मा निम करोली बाबाको कथा, पर्दामा देखिनेछ भक्तिको अद्भुत प्रसंग
- २०८३ भदौ २० शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । भगवान् हनुमानप्रतिको अटुट भक्तिका लागि परिचित निम करोली बाबाको आध्यात्मिक जीवनसँग जोडिएको कथा हिन्दी फिल्म ‘हनुमान’को अंशमा समेटिएको छ । निम करोली बाबा भारतका चर्चित सन्तमध्ये एक
पूरा पढ्नुहोस्






