‘हामी साथमा छौँ’ भन्दै अनेरास्ववियु सिरहाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत

२०८३ भदौ २० शनिबार
बिहान १०:४९ बजे
न्यूज ब्यूरो, डेस्क

रसुवा। नुवाकोटका बाढीपीडित नागरिकको पीडामा साथ दिन अनेरास्ववियु मधेश प्रदेश, सिरहाले राहत सामग्री वितरण गरेको छ ।

अनेरास्ववियुकी महासचिव अन्जना सिवाकोटीको समन्वयमा शुक्रबार नुवाकोट पुगेको टोलीले बाढी प्रभावित विभिन्न क्षेत्रमा पुगेर पीडित परिवारलाई त्रिपाल, ट्र्याकसुट, मास्क, सेनेटरी प्याड तथा खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेको हो ।

टोलीले प्रभावित बस्तीमै पुगेर पीडित परिवारलाई प्रत्यक्ष रूपमा राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ । वितरणपछि बाँकी रहेको केही राहत सामग्री नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी, विदुर नुवाकोटको कार्यालयलाई जिम्मा लगाइएको टोलीले जनाएको छ ।

भदौ १० गते बुधबार बिहान चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो ।

बाढीका कारण नुवाकोटका विभिन्न नदी तथा खोला तटीय बस्तीका सयौँ परिवार प्रभावित भएका छन् । घर, व्यवसाय तथा भौतिक संरचनामा क्षति पुगेका परिवार अझै सामान्य अवस्थामा फर्किन संघर्ष गरिरहेका छन् ।

पीडित परिवारलाई विपद्का बेला आवश्यक पर्ने आधारभूत सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको अनेरास्ववियुले जनाएको छ । राहतमार्फत बाढीपीडित नागरिकलाई ‘हामी साथमा छौँ’ भन्ने सन्देश दिन खोजिएको संगठनको भनाइ छ ।

राहत वितरणमा अनेरास्ववियु मधेश प्रदेशका अध्यक्ष सतिशचन्द्र सिंह, युवा नेता प्रदीप श्रेष्ठ, मनु स्याङ्दन, अनेरास्ववियु सिरहा जिल्ला अध्यक्ष हरि सिंहलगायत पदाधिकारी तथा युवाहरू सहभागी थिए ।

विदुर नगरपालिकाका बेत्रावती–भैँसे, तुप्चे, अकरे, सोले, सिलट्याङ्की, कोलनी, त्रिशूली–ढुङ्गे, सिमचौर, मुनथला, देवीघाट, सिरखालीलगायतका क्षेत्र तथा बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका विभिन्न नदी तथा खोला तटीय बस्ती बाढीबाट प्रभावित भएका छन् ।

बाढीपीडितको तत्कालीन आवश्यकता पूरा गर्न राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारी निकाय, स्थानीय तह तथा विभिन्न संघ–संस्थाबाट निरन्तर सहयोग आवश्यक देखिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ भदौ २० शनिबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus