त्रिशुली 3'A' सुरुङभित्र फसेका सबै सकुशल छन् : उद्धारपछि सञ्जय साह

२०८३ भदौ १९ शुक्रबार
बिहान १०:३२ बजे
न्यूज ब्यूरो, डेस्क

काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनदेखि फसेका सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार भएको छ ।

उद्धारपछि बाहिर निकालिएका मेकानिकल फोरम्यान सञ्जय साहले सुरुङभित्र अझै रहेका सबै मानिस सकुशल रहेको जानकारी दिएका छन् ।

केहीबेरअघि उद्धारकर्ताले साहसहित मेकानिकल सुपरभाइजर कविर महर्जनलाई सुरुङबाट बाहिर निकालेका हुन् ।

साह र महर्जनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

उद्धारपछि साहले सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको अवस्थाबारे जानकारी दिएपछि उद्धारमा जुटेको टोलीलाई थप राहत मिलेको छ ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

४५ वर्षदेखि शैक्षिक उत्कृष्टताको यात्रामा सिद्धार्थ जनकपुरको कलेज

  • २०८३ भदौ १९ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । विगत ४५ वर्षदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिद्धार्थ शिक्षण संस्थान अन्तर्गतको सिद्धार्थ शिशु सदन मा.वि. तथा सिद्धार्थ कलेजले विद्यार्थी तथा अभिभावकमाझ विश्वासको केन्द्रका

पूरा पढ्नुहोस्

Bureau Menus