न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले जानकी मन्दिर क्षेत्रलाई ‘जोन ए’ का रूपमा संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेका बेला सरकारले मन्दिर आसपासको क्षेत्रलाई संरक्षित स्मारकको दायरामा ल्याउने निर्णय गरेको हो ।
संरक्षित स्मारक क्षेत्र घोषणा भएपछि उक्त क्षेत्रमा हुने भौतिक संरचना निर्माण, पुनर्निर्माण तथा अन्य गतिविधिमा विशेष मापदण्ड लागू हुनेछन् । ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको मौलिक स्वरूपमा असर पर्ने गरी जथाभावी निर्माण तथा संरचना थप्न नियन्त्रण हुने अपेक्षा गरिएको छ ।
यसअघि पनि जानकी मन्दिरसहित आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाइएको थियो । पुरातत्व विभागले पहिलो चरणमा जानकी मन्दिरसहित शिवमन्दिर, राममन्दिर, सोनारपट्टी, जनकचोक, शिवचोक, तेलहा–मडहा पोखरी, अंगराजसर पोखरी हुँदै बारहबिघासम्मको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रमा समेट्ने प्रस्ताव अघि सारेको थियो ।
जानकी मन्दिर जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको ऐतिहासिक सम्पदा हो । सन् १८९४ मा शिलान्यास भएको मन्दिरको निर्माण सन् १९११ मा सम्पन्न भएको थियो । मन्दिरलाई विश्व सम्पदा सूचीमा समेट्ने विषयमा लामो समयदेखि पहल हुँदै आएको छ ।
संरक्षित स्मारक क्षेत्रको घोषणा जानकी मन्दिरको संरक्षणसँगै यसको आसपासको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक वातावरण जोगाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
४५ वर्षदेखि शैक्षिक उत्कृष्टताको यात्रामा सिद्धार्थ जनकपुरको कलेज
- २०८३ भदौ १८ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । विगत ४५ वर्षदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिद्धार्थ शिक्षण संस्थान अन्तर्गतको सिद्धार्थ शिशु सदन मा.वि. तथा सिद्धार्थ कलेजले विद्यार्थी तथा अभिभावकमाझ विश्वासको केन्द्रका
पूरा पढ्नुहोस्





