न्यूज ब्युरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहको नेतृत्वमा जनकपुरधाममा वृक्षारोपण अभियानलाई निरन्तरता दिइएको छ ।
जलवायु परिवर्तनका कारण बढ्दो गर्मी, बाढी, पहिरो तथा मौसममा देखिएको अस्वाभाविक परिवर्तनबीच वातावरण संरक्षण र सार्वजनिक क्षेत्रलाई हरियाली बनाउने उद्देश्यले बिहीबार जनकपुरधाम–१२, कुआँस्थित राजदेवी मन्दिर अगाडिको खाली मैदानमा वृक्षारोपण गरिएको हो ।
नगर प्रमुख साहको नेतृत्वमा भएको कार्यक्रममा विभिन्न प्रजातिका करिब ५० वटा बिरुवा रोपिएका छन् । लामो समयदेखि खाली तथा उपयोगविहीन अवस्थामा रहेको सार्वजनिक क्षेत्रलाई हरियालीयुक्त बनाउने उद्देश्यले वृक्षारोपण गरिएको जनाइएको छ ।
कार्यक्रममा नगर प्रमुख साहले वृक्षारोपणलाई औपचारिक कार्यक्रमका रूपमा मात्र नभई भावी पुस्ताप्रतिको जिम्मेवारीका रूपमा लिनुपर्ने बताए ।
“एउटा बिरुवा आज रोपिन्छ, तर त्यसले वर्षौंसम्म जीवनलाई शीतलता, स्वच्छ हावा र हरियाली दिन्छ”, मेयर साहले भने, “त्यसैले वृक्षारोपण केवल कार्यक्रम होइन, भविष्यप्रतिको जिम्मेवारी हो ।”
जनकपुरधाममा बढ्दो गर्मी, घट्दो हरियाली र वातावरणीय असन्तुलनलाई मध्यनजर गर्दै सार्वजनिक स्थानमा वृक्षारोपणलाई प्राथमिकता दिइनुपर्ने नगर प्रमुख साहको जोड छ ।
कार्यक्रममा सहभागी जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा समितिका सदस्य दीपक ठाकुरले तराई क्षेत्रमा बढ्दो तापक्रम र वातावरणीय असन्तुलन न्यूनीकरणका लागि वृक्षारोपण प्रभावकारी कदम हुने बताए ।
नगर प्रमुख साहकै नेतृत्वमा यसअघि पनि जनकपुरधामस्थित ऐतिहासिक तिरहुतिया गाछीमा सयौँ बिरुवा रोपिएका छन् । निरन्तरको वृक्षारोपणपछि तिरहुतिया गाछीको स्वरूपसमेत क्रमशः हरियालीयुक्त बन्दै गएको बताइएको छ ।
जनकपुरधाममा सार्वजनिक जग्गा तथा खाली क्षेत्रलाई हरियालीमा परिणत गर्ने अभियानलाई नगर प्रमुख साहले प्राथमिकताका साथ अघि बढाइरहेका छन् ।
मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित
- २०८३ भदौ १८ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह
पूरा पढ्नुहोस्




