न्यूज ब्यूरो, जनकपुरधाम । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जनकपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
बाढीका कारण रसुवालगायतका प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीडितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले साहले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।
साहले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै राहत तथा पुनःस्थापनाका लागि थप सहयोग आवश्यक रहेको बताएका छन् ।
उनले रसुवा बाढीबाट प्रभावित परिवारको पीडामा साथ दिन निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सर्वसाधारणलाई समेत आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गरेका छन् ।
रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा भौतिक संरचना तथा निजी सम्पत्तिमा क्षति पुगेको छ भने ठूलो संख्यामा नागरिक प्रभावित भएका छन् । अहिले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाको काम भइरहेको छ ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८३ भदौ १७ बुधबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्



