राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा, थप अभियुक्तहरुको विवरण सहित
बाबु प्रेम यदुवन्शी | महोत्तरी,२९ साउन । शसस्त्र प्रहरी असई थमन वि.क.को हत्या अभियोग लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन । जिल्ला अदालत जलेश्वरमा सोमवार विहान करिव १०ः१५ बजे हाजिर भएका उनलाई १ नं. इजलासबाट प्रमुख जिल्ला न्यायाधिश व्रजेश प्याकुरेलको

२०७५ साउन २९ मंगलबार, दिउँसो १२:०१ बजे४ मिनेट पढाइ

बाबु प्रेम यदुवन्शी |
महोत्तरी,२९ साउन । शसस्त्र प्रहरी असई थमन वि.क.को हत्या अभियोग लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन ।
जिल्ला अदालत जलेश्वरमा सोमवार विहान करिव १०ः१५ बजे हाजिर भएका उनलाई १ नं. इजलासबाट प्रमुख जिल्ला न्यायाधिश व्रजेश प्याकुरेलको एकल ईजलासले साधारण तारिखमा रिह गर्न आदेश दिएको श्रेस्तेदार रामानन्द अधिकारीले बताए ।
गत साता मात्र उच्च अदालत जनकपुरले थमन हत्याका अभियुक्तहरुलाई पक्राउ गरि अदालतमा हाजिर गराउन प्रहरीलाई आदेश दिएपछि शर्मा आफै जिल्ला अदालतमा उपस्थित भएकोमा उनलाई साधारण तारेखमा छोडिएको हो । उनलाई पुनः भाद्र ४ गते अदालतमा उपस्थित हुने गरि रिहा गरिएको छ ।
राज्यमन्त्री शर्माको तर्फबाट अधिवक्ता त्रय ज्ञानेन्द्र कुमार लाल कर्ण,देवेन्द्र ठाकुर निराला र रमेश कुमार पाण्डेयले बहस गरेका थिए भने जिल्ला न्यायाधिवक्ता सुदिप दंगालले वहस गरेका थिए ।
शर्मामाथी शसस्त्र असई थमन वि.क.लाई एम्बुलेन्सबाट थुतेर मारेको आरोप छ । अभियुक्त शर्मासंगै थप २८ जनामाथी सो अभियोग लागेकोमा तिन जनालाई प्रहरीले पहिले नै समातेको र सो मध्ये मोहन ठाकुर हाल साधारण तारेखमा रिहा भई मुद्दा लड्दैछन भने दुईजना पुर्पक्षको लागि थुनामा छन ।
सोहि मुद्दामा फरार भनिएका अर्का अभियुक्त जलेश्वर नगरपालिका नगरप्रमुख रामशंकर मिश्र लगायतका अन्य अभियुक्तहरु समेत एक एक गरेर उपस्थित हुने शर्माका तर्फबाट वकालत गरेका अधिवक्ता रमेश कुमार पाण्डेयले बताए ।
शसस्त्र असई थमन विकको वि.सं. २०७२ भाद्र २५ गते उपचारको लागि जनकपुर अंचल अस्पताल लग्ने क्रममा साविकको महोत्तरी गाउपालिका स्थित सोनुषडा भन्ने स्थानमा एम्बुलेन्सबाट थुती हत्या गरिएको थियो ।
थप अभियुक्तहरुको विवरण :
१. जलेश्वर न.पा.वार्ड नं. ३ मा बस्ने राम जतन साहको छोरा वर्ष २५ को संजय कुमार साह (पक्राउ) २. जलेश्वर वार्ड नं. २ बस्ने मिश्री लाल माझीको छोरा वर्ष ३० को प्रदिप साह माझी (पक्राउ) ३. जि.महोत्तरी फुल्हटा प्रकौली वार्ड नं. ३ साविक हाल जलेश्वर न.पा. १७ बस्ने भोला ठाकुरको छोरा वर्ष ५५ को मोहन ठाकुर (साधारण तारेखमा रिहा) सोहि घटनामा प्रहरीले फरार भनेकाहरुको विवरण ४. जि. महोत्तरी जलेश्वर न.पा. वार्ड नं. ६ बस्ने जगदीश साहको छोरा अन्दाजी वर्ष ४५ को रमेशप्रसाद साह ५. जलेश्वर वार्ड नं. २ बस्ने बिश्व चौधरीको छोरा वर्ष २७ को सतेन्द्र चौधरी भन्ने सतिनन्द चौधरी ६. जलेश्वर वार्ड नं. १ बस्ने बिन्देश्वर साह मेहतरीको छोरा अन्दाजी वर्ष ४० को चन्देश्वर साह मेहतरी ७. जलेश्वर वार्ड नं. २ बस्ने गोकुल चौधरीको छोरा अन्दाजी वर्ष २८ को राजु चौधरी भन्ने राजा चौधरी ८. जलेश्वर वार्ड नं. १३ बस्ने गंगा चौधरीको छोरा अन्दाजी वर्ष ३० को देवेन्द्र चौधरी ९. जलेश्वर वार्ड नं. २ मा बस्ने महन्थ साहको छोरा अन्दाजी वर्ष ३५ को नरेश साह १०. जलेश्वर वार्ड न. २ बस्ने दिनेश साहको छोरा अं. वर्ष १८ को रामराजा साह ११. जलेश्वर वार्ड नं. १ बस्ने भोला साहको छोरा अन्दाजी वर्ष १८ को गोलु साह १२. जलेश्वर वार्ड नं. २ मा बस्ने चन्देश्वर भगतको छोरा अ.वर्ष २४ को हरिओम कुमार भगत १३. जलेश्वर वार्ड नं. १ मा बस्ने राजेन्द्र राम चमारको छोरा अं. वर्ष २२ को रविन्द्र राम चमार १४. जलेश्वर वार्ड नं. १ बस्ने नथुनी साहको छोरा अन्दाजी वर्ष २५ को रंजित साह १५ जि.सिरहा गा.बि.स. सुखीपुर घर भई जलेश्वर न.पा. वार्ड नं. २ बस्ने उमेश साह चिया पसलवालाको भान्जा अन्दाजी वर्ष २२ को बिकी साह १६. जि.म.गा.बि.स. फुल्हटा प्रकौली वार्ड नं. ५ साविक हाल जलेश्वर न.पा. १७ बस्ने झुलन राय यादवको छोरा वर्ष २६ का फुले यादव १७. जलेश्वर वार्ड नं. ४ साविक हाल जलेश्वर न.पा. १७ बस्ने गनोर कापडको छोरा वर्ष ४५ को पवन कापर १८. जि.महोत्तरी गा.बि.स. महोत्तरी वार्ड नंं. ७ अनैठा बस्ने राम एकवाल राउतको छोरा अन्दाजी वर्ष ३५ को रोहीत कुमार शर्मा १९. जलेश्वर वार्ड नं. ४ बस्ने सोनेलाल बिनको छोरा वर्ष ५० को लालवा बिन भन्ने लाल बाबु बिन २०. जि.म.गा.बि.स. भटौलिया वार्ड नं. २ बस्ने मिश्री लाल माझीको छोरा वर्ष ३४ को शम्भु साह २१. भारत घर भई जि.म.जलेश्वर न.पा. वार्ड नं. ११ बस्ने तपेश्वर ठाकुरको छोरी ज्वाई हाल जि.म.जलेश्वर न.पा. वार्ड नं. ५ बस्ने अं. वर्ष ४० को अनिल ठाकुर २२. जि.म.गा.बि.स. सोनमा वार्ड ३ बस्ने किशोरी यादवको छोरा अन्दाजी वर्ष ४६ को देवेन्द्र यादव २३. जि.म.गा.बि.स. खैरवनी वार्ड नं. ६ बस्ने राम लखन यादवको छोरा अन्दाजी वर्ष ४५ को कौशल कुमार यादव २४. जि.म.गा.बि.स. निगौल वार्ड नं. ५ साविक हाल गौशाला न.पा. वार्ड नं. ९ बस्ने राम सुन्दर महतोको छोरा अन्दाजी वर्ष ६० को लक्ष्मी महतो २५. जि.म.गा.बि.स. अन्कार वार्ड नं. ९ साविक हाल जलेश्वर न.पा. वार्ड नं. १४ बस्ने महेन्द्र शर्माको छोरा अन्दाजी वर्ष ३७ को अभिराम शर्मा (साधारण तारेख मा रिहा) २६. जि.म.गा.बि.स.पर्सा पतैली वार्ड नं. ७ बस्ने बौवालाल रायको छोरा अन्दाजी वर्ष ४२ को धर्मेन्द्र राय २७. जि.म.गा.बि.स. पिगौना वार्ड नं. ५ बस्ने चन्द्रदेव मिश्रको छोरा अन्दाजी वर्ष ४७ को शंकर साही भन्ने राम शंकर मिश्र २८.जि.म.गा.बि.स. सुगा भवानीपटि वार्ड नं. ९ बस्ने भोला पाण्डेको छोरा अन्दाजी वर्ष ४८ को सुरेश पाण्डे















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…