मलेसियामा मेसिनमा च्यापिएर अपाङ भएका एक नेपालीलाई अपन मिथिला सेवा समाजले गरे उद्धार
न्यूज ब्यूरो | मलेसिया, २८ साउन । रोजगारीको शिलशिलामा विभिन्न पेशामा संलग्न रही विभिन्न मुलुकमा छरिएर रहेका मधेसी मुलका नेपाली यूवाहरुको साझा सामाजिक संगठन अपन मिथिला सेवा समाजमा आवद्ध नेपाली यूवाहरु सहयोगको भावना बोकी निरन्तर सहयोगमा जुटेका छन् । बैदेशिक रोजगारीको शिलशिलामा साउदी, कतार, दुबई, कुवेत

२०७५ साउन २८ सोमबार, दिउँसो ४:०६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो |
मलेसिया, २८ साउन । रोजगारीको शिलशिलामा विभिन्न पेशामा संलग्न रही विभिन्न मुलुकमा छरिएर रहेका मधेसी मुलका नेपाली यूवाहरुको साझा सामाजिक संगठन अपन मिथिला सेवा समाजमा आवद्ध नेपाली यूवाहरु सहयोगको भावना बोकी निरन्तर सहयोगमा जुटेका छन् ।
बैदेशिक रोजगारीको शिलशिलामा साउदी, कतार, दुबई, कुवेत, मलेसिया, भारतलगायतका देशहरुमा छरिएर रहेका युवाहरु विपत परेका बेला नेपालीलाई भौतिक तथा आर्थिक सहयोग गर्दै आएका छन् ।
यसैक्रममा पुनः अपन मिथिला सेवा समाज मलेसिया शाखाले सप्तरीको झोटही नगरपालिका–३ निबासी ३८ वर्षीय सुमन मुखियालाई समेत आर्थिक सहयोग गरेर उद्धार गरेका छन् ।
रोजगारीको शिलशिलामा मलेसिया गएका मुखिया विगत ३ वर्षदेखि मलेसियाको सेलेङोर निलाई सिमरास्थित पलास्टिक टेक्नोलोजी कम्पनीमा काम गर्दै आएका थिए । कम्पनीमा काम गरिहेका बेला मेसिनमा दुबै खुट्टा च्यापिएपछि मुखिया अपाङ भएका छन् ।
कम्पनी मालिकले मुखियालाई उपचारका लागि कुनै प्रकारको पहल नगरेपछि अपन मिथिला सेवा समाज मलेसिया शाखाले उनलाई स्वदेश फिर्न टिकट र लेवि खर्च २४०० सय मलेसियन रिगिंटसहित ५०१ रिगिंट आर्थिक सहयोग समेत गरेको कतार शाखाका अध्यक्ष मन्साराम यादवले न्यूज ब्यूरोलाई जानकारी गराए । उनले न्यूज ब्यूरोसँग कुरागर्दै आफुहरु “उमेश बचाउ अभियान” को लागि खुन पसिनाको कमाई एक–एक गरी पठाएको भएपनि सरोज रायले हर–हिसाब पार्दर्शी नगरेको भन्दै दुख प्रकट गरे ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…