न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गिद्धाबेलापटिट् स्कूलका साधारण निमावि शिक्षक ब्रम्हदेव यादव । नोकरी भएको केही बर्षमै कित्ताको कित्ता जग्गा जोडन भ्याएँ ।
गिद्धाबेलापट्टि स्कूलमा पवन मण्डल हेडमास्टर बनेपछि उनलाई लेखापालको रुपमा चयन गरियो । निमावि शिक्षकतर्फ कार्यरत ब्रम्हदेव यादवलाई विद्यार्थीहरुबाट असुली गर्नको लागि मोहरा बनाउँदै हेडमास्टर पवन मण्डलले करोडौँको सम्पति जोडे । साथै, यही बहावमा निमावि शिक्षक ब्रम्हदेव यादवले पनि कैयौँ कित्ता जग्गा जमिन किनेको फेला परेको छ ।
धनुषा कमला नगरपालिका वडा नं. १ र ९ को बीचमा पर्ने मँगराहा निवासी चैत्तु यादवको छोरा रहेका ब्रम्हदेव यादवले श्रीमतिको नाममा कैयौँ कित्ता जग्गा नामसारी गरेको पाईएको छ । पवन मण्डलले २०७७ सालमा गरेको नामसारीकै मितिमा उनको श्रीमति अँजिला कुमारी यादवको नाममा कैयौँ कित्ता जग्गा नामसारी भएको पाईएको हो ।
ब्रम्हदेव यादवकी श्रीमति अँजिला कुमारी यादवको नाममा कमला नपा ९ मा कैयौँ कित्ता जमिन नामसारी भएको पाईएको छ । कित्ता नं. १६१५ र १६१७ बाट करिब १० कठ्ठा खडेरी (घरारी) किनेको पाईएको छ ।
मालपोत कार्यालय धनुषाको तथ्याँक अनुसार दुवै जमिन २०७७ सालमा नामसारी भएको हो । यस्तै कित्ता नं. ८४८ र ८४९ मा ३० धुर बढी घडेरी (घरारी) नामसारी भएको हो । दुवै कित्ता पनि २०७७ सालमै खरिद गरी नामसारी भएको पाईएको छ ।
यो पनि पढ्नुहोस्


यस्तै, २०८१ सालमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ वकिल टोलमा ६ धुर जमिनमा आलिशान महल तयारी भईरहेको पाईएको छ । तीन तल्ले घर निर्माणकै क्रममा रहेको छ । सो घर समेत उनको श्रीमति अँजिला कुमारी यादवको नाममा रहेको छ ।
जानकारी अनुसार, सो जग्गा जमिन समेत प्रधानाध्यापक पवन मण्डलले सम्पति शुद्धिकरणबाट बच्न ब्रम्हदेवको नाममा राखेको हो । यद्यपी, यसको सरकारी पुष्टि भएको छैनन् ।

यस बिषयमा शिक्षक ब्रम्हदेव यादवले आफूलाई यस विषयमा समाचार नलेदिन आग्रह गरे । उनले पवन मण्डलसँग जे सुकै भएपनि आफूलाई यसमा नतान्न आग्रह गरे ।
न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो
- २०८३ श्रावण २२ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ । जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र
पूरा पढ्नुहोस्
.jpeg)

