अमेरिकी साँसद नैन्सी मेसको 'मुस्लिम' सम्बन्धी एक पोष्टले तरँग, मुस्लिमबारे यस्तो लेखिन

२०८३ श्रावण १३ बुधबार
रति १०:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्युरो, वासिङ्टन । अमेरिकी प्रतिनिधि सभाकी रिपब्लिकन सांसद न्यान्सी मेसले सामाजिक सञ्जालमा गरेको भनिएको एउटा पोस्टलाई लिएर अन्तर्राष्ट्रिय स्तरमै तीव्र विवाद सुरु भएको छ । उक्त पोस्टमा लेखिएको भनिएको वाक्य — “सबै मुस्लिम आतंककारी होइनन्, तर सबै आतंककारी मुस्लिम हुन् ।” — सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म पक्ष–विपक्षमा व्यापक बहस चर्किएको हो ।

उक्त अभिव्यक्तिलाई धेरैले मुस्लिम समुदायप्रति गरिएको आपत्तिजनक सामान्यीकरण तथा घृणा फैलाउने अभिव्यक्तिका रूपमा टिप्पणी गरेका छन् । आलोचकहरूले आतंकवादलाई कुनै एक धर्मसँग जोडेर सम्पूर्ण समुदायलाई दोषी देखाउनु गलत, विभेदपूर्ण र सामाजिक सद्भावविरुद्ध हुने बताएका छन् ।

यद्यपि मेसका समर्थकहरूले भने उक्त अभिव्यक्तिलाई धार्मिक समुदायमाथिको आक्रमण नभई इस्लामिक अतिवाद र आतंकवादविरुद्धको राजनीतिक टिप्पणीका रूपमा व्याख्या गरेका छन् । उनीहरूले राष्ट्रिय सुरक्षा र कट्टरपन्थी हिंसाविरुद्ध कडा सन्देश दिन खोजिएको दाबी गरेका छन् ।

न्यान्सी मेस दक्षिण क्यारोलिना राज्यबाट निर्वाचित रिपब्लिकन सांसद हुन् । सन् २०२१ देखि अमेरिकी प्रतिनिधि सभामा रहेकी उनी आप्रवासन, राष्ट्रिय सुरक्षा, सामाजिक नीति तथा सांस्कृतिक मुद्दामा स्पष्ट र कडा धारणा राख्ने नेताका रूपमा परिचित छन् । यसअघि पनि उनका विभिन्न अभिव्यक्तिले अमेरिकी राजनीतिमा विवाद सिर्जना गर्दै आएका छन् ।

यो घटनाले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रताको सीमा, धार्मिक सहिष्णुता र राष्ट्रिय सुरक्षासम्बन्धी बहसलाई फेरि एकपटक सतहमा ल्याएको विश्लेषण गरिएको छ । सामाजिक सञ्जालमा लाखौँ प्रयोगकर्ताले उक्त विषयमा प्रतिक्रिया जनाइरहेका छन् भने विभिन्न अधिकारवादी समूहले धर्मका आधारमा सम्पूर्ण समुदायलाई दोषी ठहर्याउने अभिव्यक्तिले सामाजिक विभाजन बढाउन सक्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीकी नैन्सीले मुस्लिम सम्बन्धी दिएको फेसबुक अभिव्यक्तिले समाजिक सँजाल पनि तातिएको हो । १३ हजार ५०० बढी जनाले टिप्पणी लेखेका छन् । उनको फेसबुकमा करिब ६ लाख फ्लोवर्स रहेको छ । 

  • 0%
  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%

४५ वर्षदेखि शैक्षिक उत्कृष्टताको यात्रामा सिद्धार्थ जनकपुरको कलेज

  • २०८३ श्रावण १३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । विगत ४५ वर्षदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिद्धार्थ शिक्षण संस्थान अन्तर्गतको सिद्धार्थ शिशु सदन मा.वि. तथा सिद्धार्थ कलेजले विद्यार्थी तथा अभिभावकमाझ विश्वासको केन्द्रका

पूरा पढ्नुहोस्

Bureau Menus