धनुषामा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा चालकको ज्यान गयो
न्यूज ब्यूरो | जनकपुरधाम, २८ साउन । धनुषाको मिथिला नगरपालिका–४ पुष्पलपुरमा गएराति पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा पैदलयात्री भने गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सिरहाको कल्याणपुरका ३८ वर्षीय प्रेमचन्द्र कुसियत रहेको प्रहरीले जनाएको छ । उन

२०७५ साउन २८ सोमबार, बिहान ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ साउन । धनुषाको मिथिला नगरपालिका–४ पुष्पलपुरमा गएराति पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा पैदलयात्री भने गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सिरहाको कल्याणपुरका ३८ वर्षीय प्रेमचन्द्र कुसियत रहेको प्रहरीले जनाएको छ । उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका पैदलयात्री अन्दाजी ३० वर्षीय पुरुषको भने जनकपुर अञ्चल अस्पताल धनुषामा उपचार भइरहेको छ ।
गएराती सवा ९ बजे पैदलयात्रीलार्इ ठक्कर दिएर ज. १० प. ८०१८ नम्बरको मोटरसाइकल पल्टिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…