न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश देशकै सब भन्दा बढि भ्रष्टाचारको उजुरी पर्ने प्रदेशमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ । आयोगको कार्यालय बर्दिबासले आर्थिक बर्ष २०८२/०८३ सम्ममा ३ हजार ७ सय ३९ वटा उजुरी दर्ता भएको जनाएको हो ।
धनुषाको स्थानीयतहको तथ्याङ्क हेर्दा आर्थिक बर्ष २०८२/०८३ मा सब भन्दा बढि बिदेह नगरपालिकाको १ सय २८ बटा उजुरी दर्ता भएको छ भने दोश्रोमा जनकपुर उप–महानगरपालिकाको १ सय २४ वटा उजुरी दर्ता भएको छ तथ्याङ्कले देखाएको छ ।
नेपालमै सब भन्दा बढि सुशासनको समस्या र भ्रष्टाचारको केन्द्र बिन्दु मधेश प्रदेश नै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ । सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार, सार्वजनिक पद र अधिकारको दुरूपयोग तथा सरकारी अनुगमन, कारबाहीमा फितलोपनाका कारण भ्रष्टाचार बढेको आयोगको कार्यालय बर्दिबासका सुचना अधिकारी प्रकाश पोखरेल बताउँछन् ।
आर्थिक बर्ष २०८२/०८३ मा आयोगको कार्यालय बर्दिबासको कार्यक्षेत्र रहेको १० जिल्लामा सबभन्दा बढि धनुषामा १ हजार १ सय ९५, महोत्तरीमा ७ सय ८०, सिरहामा ६ सय ७७ गरी कुल ३ हजार ७ सय ३९ वटा उजुरी दर्ता भएको छ भने सब भन्दा कम उजुरी रौतहटमा जम्मा ८ वटा मात्र दर्ता भएको छ ।
सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा अपेक्षित प्रगति हुन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारले पनि खासै ध्यान नदिएको तथा न्यालयको निर्णयलाई समेत अवमूल्यन हुदै आएकोले भ्रष्टाचारमा दण्डहीनता बढेको नागरिक समाजका अगुवाहरुको भनाई छ ।
जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए
- २०८३ श्रावण ५ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,
पूरा पढ्नुहोस्



