सिरहाको घुर्मी बजारमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु
न्यूज ब्यूरो | सिरहा, २६ साउन । सिरहाको मिर्चैया नगरपालिका–९ घुर्मी बजारमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । शिव शक्ति युवा क्लब घुर्मी बजारको आयोजनामा शुक्रबारदेखि जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो । शिव शक्ति युवा क्लब घुर्मी बजारको आयोजनामा सुरु भएको फुटबल प्रतियोगिताको सो

२०७५ साउन २६ शनिबार, दिउँसो ४:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २६ साउन । सिरहाको मिर्चैया नगरपालिका–९ घुर्मी बजारमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । शिव शक्ति युवा क्लब घुर्मी बजारको आयोजनामा शुक्रबारदेखि जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो ।
शिव शक्ति युवा क्लब घुर्मी बजारको आयोजनामा सुरु भएको फुटबल प्रतियोगिताको सो क्लबका अध्यक्ष अशोक चौधरीको अध्यक्षता तथा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख शिवराम यादवको प्रमुख आतिथ्य एवं मिर्चैया वडा नं. ०९ का वडाध्यक्ष मोहन प्रसाद पोखरेलको विशिष्ट आतिथ्यमा विधिवत रुपमा शुक्रबार उद्घाटन गरिएको हो ।
एक साता चल्ने प्रतियोगितामा जिल्ला भरिका ७ वटा टिम सहभागी भएका छन् । प्रतियोगिता घुर्मी बजारस्थित रहेको चौरमा भइरहेको छ ।
हिजो उत्तरवाहिनी समाज सेवा युवा क्लब बल्टिया र हिरो ह्यान्डसम बोयज क्लब जिरोमाइलबीच सम्पन्न पहिलो खेलमा बल्टिया १ गोलले विजयी भएको छ ।
शनिबार बस्तीपुर र शन्तपुरबीच प्रतिस्पर्धा हुनेछ भने आइतबार आयोजक ढोढना र मुक्सार भिड्नेछन् । त्यस्तै मंगलबार ढोढना र धरमपुर आमने–सामने हुनेछन् ।
फाइनल खेल भदौ १ हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम विजेतालाई ५१०० रुपैयाँसहित शिल्ड र द्धितीयलाई ३१०० रुपैयाँ र शिल्डले पुरस्कृत गरिने आयोजक शिवशक्ति युवा क्लबका अध्यक्ष अशोक चौधरीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…