'सीता मातामाथि पनि चरित्र हत्या भयो, म खराब होइन, लुकेर बस्दिनँः टिकटोकिया किरण साह
उनले आफू माया गरेको केटाले नै बबार्द पारेको सुनाइन । साथै आफूले पैसा दिएको केटाले बबार्द पारेको पनि थपिन् । समाजको लागि आवाज उठाउँदा पनि उनीहरुले मलाई नै खराब भनेको बताएकी हुन् ।

२०८३ असार ३१ बुधबार, बिहान ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्सा वीरगँजकी चर्चित टिकटोकिया किरण साहले आफू खराब नभएको दाबी गरेकी छन् । उनले प्यार गर्नु खराब नरहेको भन्दै आफू खराब नभएको प्रतिक्रिया दिएकी हुन् ।
काठमान्डौँको एक टिभी कार्यक्रममा बोल्दै टिकटोकिया किरण साहले समाजिक सँजालमा केही दिन भाइरल बनेको उनको अन्तरँग भिडियोपछि उनले आफ्नो चरित्रहत्या भएको बताएकी थिइन् ।
टिभी कार्यक्रममा उनले हिन्दुहरुको आस्था रहेकी सीतासँग जोडेदै सीतालाई समेत चरित्र हत्या भएको र वनवास बस्नुपरेको उदाहरण दिइन् । उनले आफ्नो पनि चरित्र हत्या भएको बताएकी छन् ।
कार्यक्रममा उनले आफू अरु केटी जस्तो लुकेर नबस्ने बताएकी हुन् । “मैले कुनै गलती नै गरेको छैन, एउटा त्यो भिडियोले मलाई जज गर्न सक्नुहुन्न” उनले भनेकी हुन् ।
“सीता माताले भनि रामको कारण वनवास भोग्नुपरो, उहाँमाथि पनि चरित्रहत्या भयो । अब किरण साहलाई कसैँग प्यार हुँदैन, यहाँ यति ठुल ठुलो मान्छेहरुको हात छ मलाई बदनाम गर्नको लागि । अरु केटी जस्तो म पनि मुख लुकाएर बसे पनि त्यही नजरले मलाई पनि हेर्छ मान्छेले । म मुख छुपादिन्न अरु केटी जस्तो । म लडछु, किनकी म खराब छँदै छैन, किन आफूलाई खराब मानु म आफैँलाई ? ।” भनेकी हुन् ।
उनले आफू माया गरेको केटाले नै बबार्द पारेको सुनाइन । साथै आफूले पैसा दिएको केटाले बबार्द पारेको पनि थपिन् । समाजको लागि आवाज उठाउँदा पनि उनीहरुले मलाई नै खराब भनेको बताएकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…