बलराका तीन वडा बालविवाहमुक्त घोषित, एक वर्षभित्र नगरलाई मुक्त बनाउने लक्ष्य
नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले आगामी एक वर्षभित्र बलरा नगरपालिकालाई नै बालविवाहमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

२०८३ असोज २८ बुधबार, बिहान ११:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बलरा नगरपालिकाका वडा नं. ४, ७ र ११ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । पछिल्लो पटक शुक्रबार वडा नं. ११ लाई बालविवाहमुक्त घोषणा गरिएको हो ।
वडा नं. ११ मा २० वर्ष उमेर नपुगी हुने विवाहको दर घटेर ३.८८ प्रतिशतमा झरेको तथ्यांक प्रस्तुत गरिएको छ । यसअघि वडा नं. ७ मा बालविवाहको दर २१ प्रतिशतबाट ४.५ प्रतिशत र वडा नं. ४ मा १४ प्रतिशतबाट पाँच प्रतिशतमा झरेपछि बालविवाहमुक्त घोषणा गरिएको थियो ।
कार्यक्रममा २० वर्ष उमेर पूरा भएपछि छोराछोरीको विवाह गराउने अभिभावकलाई सम्मान गरिएको थियो । नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले आगामी एक वर्षभित्र बलरा नगरपालिकालाई नै बालविवाहमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच, गोडैता नगरपालिकामा पनि बालविवाह अन्त्यका लागि हस्ताक्षर तथा प्रतिबद्धता अभियान सञ्चालन गरिएको छ । वडा नं. ५ लाई असोज २८ गते बालविवाहमुक्त घोषणा गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…