जागे मिर्चैयाका प्रतिपक्षी, नगरपालिकासँग तथ्यांक माग्ने, नदिए आन्दोलन गर्ने चेतावनी
न्यूज ब्यूरो | सिरहा, २५ साउन । सिरहाको मिर्चैया नगरपालिकाका स्थानीय प्रतिपक्षी राजनीतिक दलका प्रतिनिधिहरुले सुचनाको हक प्रयोग गर्दै नगरपालिकाले गरेको विभिन्न कार्यहरुको सूचना सार्वजनिक गर्न माग गर्ने भएको छ । आ.व. ०७४÷७५ को सम्पुर्ण आय–व्यय विवरण तथा आ.व. ०७५ र ७६ को छनौट गरिएका योजना तथा सम्बन्धित

२०७५ साउन २५ शुक्रबार, बेलुकी ५:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २५ साउन । सिरहाको मिर्चैया नगरपालिकाका स्थानीय प्रतिपक्षी राजनीतिक दलका प्रतिनिधिहरुले सुचनाको हक प्रयोग गर्दै नगरपालिकाले गरेको विभिन्न कार्यहरुको सूचना सार्वजनिक गर्न माग गर्ने भएको छ ।

आ.व. ०७४÷७५ को सम्पुर्ण आय–व्यय विवरण तथा आ.व. ०७५ र ७६ को छनौट गरिएका योजना तथा सम्बन्धित सम्पूर्ण विवरणहरु उपलब्ध गराउन र नगरपालिकाले हाल बढाएको कर स्थगित गर्न साउन २९ गते ११ बजे नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाउने आज बसेको बैठकले निर्णय गरेको हो ।
तोकिएको समयभित्र सूचना उपलब्ध नगराइए आन्दोलनको वाटो खुल्ला रहेको र प्रतिपक्षीले निभाउने भुमिका आफुहरुले निभाउनेमा कुनै शंका नरहेको चेतावनी समेत दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…