रौतहटको परोहामा ट्रैक्टरबाट खेत जोत्ने भाडादर निर्धारण, बढी रकम असुले कानुनी कारबाही हुने

२०८३ असार २५ बिहीबार
बिहान ०८:०४ बजे
न्यूज ब्यूरो, डेस्क

अशोक यादव, रौतहट। रौतहटको परोहा नगरपालिकाले ट्रैक्टरबाट खेत जोत्ने भाडादर निर्धारण गर्दै किसानबाट तोकिएको दरभन्दा बढी भाडा नलिन ट्रैक्टर सवारीधनीलाई निर्देशन दिएको छ ।

नगरपालिकाले असार २४ गते जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय, गौर, रौतहटबाट प्राप्त पत्रका आधारमा केही ट्रैक्टर सवारीधनीले किसानसँग अनियमित रूपमा बढी भाडा असुल गर्ने गरेको गुनासो आएपछि नयाँ दररेट लागू गरिएको हो ।

नगरपालिकाले निर्धारण गरेको दरअनुसार ट्रैक्टरको हल (फार) प्रयोग गरी खेत जोतेबापत प्रति घण्टा १ हजार ७ सय रुपैयाँ तथा रोटाभेटर प्रयोग गरी खेत जोतेबापत प्रति घण्टा १ हजार ९ सय रुपैयाँ मात्र लिन पाइनेछ ।

नगरपालिकाले तोकिएको दरभन्दा बढी भाडा लिएमा वा लिन खोजेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ । साथै कसैले अनियमित रूपमा बढी भाडा असुलेको जानकारी भएमा नगरपालिकाको कार्यालयमा उजुरी दिनसमेत किसानलाई आग्रह गरिएको छ।

परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माद्वारा जारी सूचनामा किसानको हित संरक्षण तथा कृषि कार्यलाई व्यवस्थित बनाउन यो व्यवस्था लागू गरिएको उल्लेख गरिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

आफ्नै डाक्टर श्रीमानलाई श्रीमतिले छुरा प्रहार गरी हत्या, ८ वर्षीय छोरा रगताम्य अवस्थामा भेटिए

  • २०८३ असार २५ बिहीबार

भारत । भारतको कर्नाटक राज्यस्थित धारवाडमा एक चिकित्सकको आफ्नै फ्ल्याटभित्र हत्या भएको घटनाले सनसनी मच्चाएको छ। ४५ वर्षीय एनेस्थेसियोलोजिस्ट डा. किरण होन्नन्नावर मृत अवस्थामा फेला परेका छन् भने उनका ८

पूरा पढ्नुहोस्

Bureau Menus