न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकामा राष्ट्रिय धान दिवस मनाइएको छ । स्थानीय किसानहरुलाई थप प्रोत्साहित गर्न धान दिवस मनाइएको जनाइएको छ ।
प्रत्येक बर्ष असार १५ गते देशव्यापी रुपमा धान दिवस मनाउने गरिन्छ । सोही अनुरुप जनकनन्दिनी गाउँपालिकाले धान दिवस मनाएको हो ।
गाउँपालिका अध्यक्ष दिपिनदेव यादव, कार्यालय प्रमुख सन्तोष कुमार शर्माको विशेष सहभागितामा धान रोपर धान दिवस मनाइएको हो । धान दिवसको अवसरमा गाउँपालिकाका कर्मचारीहरुले समेत धान रोपेका थिए ।
जिन्सी एवम् प्रशासनका लालबाबु पण्डित, कृषि शाखाका प्रमुख उमेश कुमार शर्मा, प्राविधिक शाखाका मुकेश कुमार मण्डल, अर्जुन मण्डल, पँजीकरण शाखाका विकास कुमार ठाकुर, रोजगार सहायक सुरेन्द्र यादव, समाजिक परिचालक नन्दनी कुमार यादव, आईटीका ऋषिकेश यादव लगायत विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
धान दिवसको लागि स्थानीय किसानहरुलाई समेत आमन्त्रण गरी धान दिवस मनाइएको हो ।
खेती किसानी छाडेर विदेश पलायन हुने प्रवृति बढेपछि किसानहरुलाई झन सहयोग, सुविधा दिएर प्रोत्साहित गर्ने कार्यक्रमहरु ल्याउँदै गरेको गाउँपालिका अध्यक्ष यादवले बताए । उनले किसानको लागि कृषि विद्युतिकरणमा अधिकांश बजेटहरु राखिएको जनाए ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८३ असार १५ सोमबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्






