सिरहा सहित तराई–मधेसमा मध्यम वर्षा, मध्य र पश्चिममा ठूलो वर्षाको सम्भावना
न्यूज ब्यूूरो | सिरहा, २१ साउन । सिरहा सहित तराई–मधेशका जिल्लामा मध्यम वर्षा भएको छ । वर्षाबाट सिरहाको मिर्चैया, घुर्मी, गोलबजार, चोहर्वा, सुखिपुर, लहान, बन्दिपुर, बस्तिपुर, धनगढीमाई, कल्याणपुर, सिरहा सदरमुकाम लगायत जिल्लाका ग्रामिण क्षेत्र तथा तराई–मधेशका सडकबाटाहरुमा केहि मात्रामा पानी लागेको छ ।

२०७५ साउन २१ सोमबार, दिउँसो २:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूूरो |
सिरहा, २१ साउन । सिरहा सहित तराई–मधेशका जिल्लामा मध्यम वर्षा भएको छ । वर्षाबाट सिरहाको मिर्चैया, घुर्मी, गोलबजार, चोहर्वा, सुखिपुर, लहान, बन्दिपुर, बस्तिपुर, धनगढीमाई, कल्याणपुर, सिरहा सदरमुकाम लगायत जिल्लाका ग्रामिण क्षेत्र तथा तराई–मधेशका सडकबाटाहरुमा केहि मात्रामा पानी लागेको छ ।
विगत केहि दिनदेखि देशका विभिन्न ठाउँमा समेत वर्षा भइरहेको छ । आइतबार रातिदेखि लगातार पानी परिरहेको र आज दिनभरी नै देशका धेरै ठाउँको मौसम यस्तै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् मन्जु बासीका अनुसार आज मध्य र पश्चिमका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ । केही ठाउँमा ठूलो वर्षा भइरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । मध्य र पश्चिमी क्षेत्रका खोलानालामा बाढीको खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
आज राति ठूलो वर्षाको अनुमान गरिएको छ । तर, भोलिदेखि भने कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…