आफ्नै श्रीमतिलाई बलात्कार घटनाः सुहागरातको यस्तो छ भित्री क्रुर घटना, हवस र राक्षसी प्रवृतिको कथा !

२०८३ जेठ १४ बिहीबार
बिहान १०:४६ बजे
न्यूज ब्यूरो, डेस्क
Photo: Chiraiya Webseries | Representative

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा आफ्नै श्रीमानमाथि बलात्कारको आरोप लगाएकी एक युवतिको भित्री कथा सुन्दा तपाईको पनि रगत उम्लिन्छ होला । 

सँचारमाध्यमहरुमा आफ्नै श्रीमतिलाई बलात्कार आरोपमा श्रीमान पक्राउ परेको घटनामा धेरै युवतिप्रति, श्रीमतिप्रति नाकारात्मक टिप्पणी गरेको देखिन्छ । समाचार, समाजिक सँजालमा यस्ता टिप्पणीहरु स्वभाविक पनि छ । वर्तमान माहौललाई हेर्दा यस्ता टिप्पणी अस्वभाविक पनि होइनन् । 

यस्तो छ नालीबेली

गत बैशाख ३० गते महोत्तरी निवासी दुई युवा युवतिको बिहे शिव मन्दिरमा हुन्छन् । युवति पक्ष भारतीय नागरिककी सन्तान भएको हुनाले उ सँग न जन्मदर्ता छ न अन्य कागजात । एकदम गरिब परिवारकी ती युवति र उनकी आमा अरुमा भाँडावर्तन माझेर गुजारा गर्थिन् । 

भारतबाट आएर महोत्तरी (आफ्नै ससुराली) बसेका उनीहरुको परिवार अन्यन्तै गरिब, निमुखा छन् । छोरीको बिवाहको टेन्सनमा लिप्त उनको घर परिवारलाई एक दिन कसैले रिस्तेदारीको लागि चानचुन मिलाउँछन् । 

युवक युवतिभन्दा धनी परिवारका छोरा । तर, फरक क्षमता (कान्हा) भएका व्यक्ति । केटा पसन्द नभएपनि धनि परिवारको हो भनेर सुख शान्तीले बस्ने आसमा युवतिकी आमा र बुवाले उनको विवाह तय गर्छन् । गएको बैशाख ३० गतेमा उनीहरुको विवाह मन्दिरमा गराईन्छ । केटा (दुल्हा) मद्यपान, ड्रग्स सेवनकर्ता समेत रहेको बुझिएको छ । यसैले पनि युवति ती युवकलाई नापसन्द गर्छन् । उनको ईच्छा विपरित विवाह गराउने तयारी हुन्छन् । 

मन्दिरमा विवाह भएपछि सोही दिन हुने प्रथम रात (सुहागरात) को राती बिना सहमति सहवास गर्ने प्रयास गर्छन् । तर, युवतिलाई भने सुरुदेखि नै युवक पसन्द थिएनन् । प्रथम रातमै जोर जबरदस्ती गर्ने प्रयास गर्छन् । युवतिले एक त पसन्द नभएका दुल्हा, त्यसमाथि जबरदस्ती गर्ने प्रयासले आजित हुन्छिन् । युवतिले एक दुई दिन मन शान्त भएपछि एक हुने बारे सोच्ने भनेर भनेपछि दुल्हा सोही रात युवतिलाई निर्घात कुटपिट गर्छन् । त्यति मात्र होइनन्, ईच्छा विपरित उनीमाथि जोर जबरदस्ती बलात्कार गर्छन् । (कानुन अनुसार) 

सोही रात युवकले कैयौँ पटक निर्घात कुटपिट गरी जबरदस्ती सहवास गर्छन । युवति चिच्चाईरहिन, युवकले जबरदस्ती गरिरहे । यौनाँगबाट रगत बगिरहे, युवकले बलात्कार गरिरहे । उनी पीडाले छटपटाईरहिन र युवकले रातभरि कुटपिट र करणी गर्दै रहे । यो पीडा युवतिको लागि असहस्य भयो । एक त सुरुदेखि नै पसन्द नगरेका युवकसँग विवाह र श्रीमान हवसी, राक्षसी प्रवृतिको भएपछि उनी जिँउदेै मरेको जस्तो महसुस गरेको सुुनाइन् । 

यो क्रम त्यही रोकिएनन् । युवक दिनहुँ ड्ग्स खाएर आउने, जबरदस्ती गर्ने, यौनाँगको पीडाले कराइरहेकी ती युवतिलाई मुख थुनेर, हातखुट्टा बाँधेर, कुटपिट गरेर फिल्मी शैलीमा बलात्कार गरिरहे । उनको मुड फिल्महरुमा देखाइने हवसी, राक्षस प्रवृतिका देखिन्थे । विवाह भएपछि श्रीमति खेलौना मात्र हो भनेर बुझने ती युवकले ८ दिनसम्म निरन्तर घरमै हातखुट्टा बाँधेर, निर्घात कुटपिट गरेर बलात्कार गरेको आरोप पीडितको छ । 

जसोतसो उनी गत जेठ ६ गते युवकको चँगुल र घरबाट भाग्ने प्रयास गरिन्, तर प्रयास सफल भएनन् । जेठ ७ गते युवतिको अभिभावक युवकको गाउँ (सम्धी) कहाँ गएपछि घटनाहरु बाहिरियो । त्यसपछि पुनः भागेर प्रहरीमा जाने प्रयास गरेकी युवतिलाई फिल्मी स्टाइलमै प्रहरीमा पुग्नै लाग्दा उनका घर परिवार (युवकका आमाबुवा,भाईहरु) ले रोकेर घर लगेर हातखुट्टा बाँधिदिए । 

यो जानकारी महोत्तरीका एक पत्रकारलाई थाहा भएपछि उनले ती युवतिको उद्धार गर्न सफल भए । पत्रकार भन्छन्–“युवतिको पीडा यस्तो देखियो की उनलाई राम्ररी हिडन गाह्रो थियो, सायद यौनाँगमा घाउ भएको हुन सक्छ, उसको पीडा उनको शरिर, अनुहारमा देखिन्थ्यो । कुरा गर्न सोफामा समेत बस्न नसक्ने ती युवतिले सुतेर कुरा गर्नुपर्ने बाध्यता थियो । सोच्नुस त, कति पीडा भएको होला, कति सहेकी होली ?”

पत्रकारले प्रहरीको समन्वयमा उनलाई उद्धार गरी अस्पताल भर्ना गराए । अस्पतालको रिपोर्टमा पनि उनको यौनाँगमा अधिक चोट लागेको हुन सक्ने रिपोर्ट उदृत गरे । सोही प्रमाणको आधारमा युवकमाथि प्रहरीले वैवाहिक बलात्कार अन्तर्गत मुद्दा दर्ता गरेको छ । महोत्तरी प्रहरीले मुद्दा दर्ता गरी ती युवकलाई पक्राउ गरिसकेको छ । 

नेपालको कानुनले विवाहभित्र हुने जबरजस्ती यौन सम्बन्धलाई पनि अपराध मानेको छ। मुलुकी अपराध संहिता, २०७४ अनुसार पत्नीको इच्छा विपरीत श्रीमानले करणी गरेमा त्यसलाई वैवाहिक बलात्कार मानिन्छ।

कानुन अनुसार यस्तो कसुर प्रमाणित भएमा श्रीमानलाई पाँच वर्षसम्म कैद सजाय हुनसक्छ। नेपालमा वैवाहिक बलात्कारलाई कानुनी रूपमा अपराध मानिएको भए पनि धेरै घटना अझै सार्वजनिक हुन सकिरहेका छैनन्। सामाजिक लाज, आर्थिक निर्भरता, पारिवारिक दबाब र “श्रीमतीले सहनुपर्छ” भन्ने गलत मानसिकताका कारण धेरै महिलाहरू चुप बस्न बाध्य हुने महिला अधिकारकर्मीहरू बताउँछन्।

मानव अधिकार र महिला अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूले विवाहले कुनै व्यक्तिलाई अर्को व्यक्तिको शरीरमाथि पूर्ण अधिकार नदिने स्पष्ट बताउँदै आएका छन्। विवाहभित्र पनि सहमति आवश्यक हुने उनीहरूको भनाइ छ।

कानुनविद्हरूका अनुसार “पति भएकै कारण जबरजस्ती गर्न पाइन्छ” भन्ने सोच नै हिंसात्मक र गैरकानुनी मानसिकता हो। सहमति बिना हुने कुनै पनि यौन सम्बन्ध अपराधको दायरामा पर्छ।

समाजका लागि गम्भीर प्रश्न

यो घटनाले नेपाली समाजभित्र अझै जीवित रहेको पितृसत्तात्मक सोच, महिलामाथिको नियन्त्रणवादी मानसिकता र वैवाहिक सम्बन्धभित्र हुने हिंसालाई उजागर गरेको छ।

सामाजिक सञ्जालमा पीडितमाथि प्रश्न उठाउनेहरू धेरै देखिए पनि महिला अधिकारकर्मीहरू भन्छन्- “कुनै पनि महिलाले केवल चर्चाका लागि यस्तो पीडा बोकेर सार्वजनिक रूपमा आउँदिनन्।”

यो घटना अदालतमा प्रमाणित हुन बाँकी छ। आरोपित व्यक्ति कानुन अनुसार दोषी प्रमाणित नभएसम्म निर्दोष मानिन्छन्। तर घटनाले वैवाहिक सम्बन्धभित्रको सहमति, महिला सुरक्षा र कानुनी चेतनाबारे समाजमा गम्भीर बहस आवश्यक रहेको स्पष्ट देखाएको छ।

युवतिलाई उनको सुरक्षा दृष्टिगत गर्दै अहिले महोत्तरीको सेफ हाउसमा राखिएको छ । 

(यो आर्टिकल युवतिको बयानको आधारमा बनाइएको छ । यसले युवक दोषी नै भनेर पुष्टि गर्दैनन् । मुद्दाको अनुसन्धान जारी छ । )

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 75%
  • 0%

न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो 

  • २०८३ जेठ १४ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ ।  जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र

पूरा पढ्नुहोस्

Bureau Menus