न्यूज ब्यूरो, सिरहा । छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइल चौकमा स्थानीयवासी, व्यापारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले चक्काजाम गरेका छन् ।
सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार खारेजीको निर्णय फिर्ता गर्नुपर्ने माग राखेर उनीहरूले सोमवार चक्का जाम गर्दै प्रदर्शन गरेका हुन् । नेपाल सरकारले २१ वैशाख २०८३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा स्थानीय आन्दोलित बनेका हुन् । यसअघि २५ वैशाखदेखि २७ वैशाखसम्म उनीहरूले चरणबद्ध आन्दोलन गरेका थिए ।
सरकारले जेठ १ गतेका दिन साविकमा रहेका १३३ वटा छोटी भन्सार कार्यालय खारेज गरी नेपाल सरकारले मात्र १८ वटामा गर्ने निर्णय गरेका थिए । छोटी भन्सार कार्यालयहरु खारेज गरी सीमित गर्दा नेपाल–भारत सीमा क्षेत्रका बासिन्दा प्रत्यक्षरूपमा मारमा परेका छन् ।
एकातर्फ १ सय रुपैयाँभन्दा बढीको सामान भारतबाट ल्याउन नपाइने, अर्कातर्फ छोटी भन्सार कार्यालय पनि हटाउंदा ५० किलोमिटरसम्म टाढा रहेको मूल भन्सार कार्यालयमा जानुपर्ने बाध्यताले सीमावर्ती क्षेत्रका वासिन्दा निकै पिडीत भएका छन् ।
साबिकको छोटी भन्सार कार्यालयहरु खारेज मात्र १८ वटामा गरेको कुराका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालकै सांसदहरुले विरोध जनाउंदै आएका छन् । मधेश प्रदेशमा सबभन्दा बढी ४९ वटा छोटी भन्सार रहेकामा हाल ती सबै खारेज भई ९ वटामा सिमित भएको छ ।
मधेशको धनुषा जिल्लामा जनकपुर भन्सार कार्यालय अन्तर्गत लगमा र ईनर्वा, महोत्तरीको जलेश्वर भन्सार कार्यालय अन्तर्गत सम्सी र मटिहानी, सर्लाही भन्सार कार्यालय अन्तर्गत त्रिभुवन नगर, रौतहटको गौर भन्सार कार्यालय अन्तर्गत बंकुल, वीरगञ्ज भन्सार कार्यालय अन्तर्गत भिस्वा, मटिअर्वा र ठोरी मात्र कायम गरिएको छ ।
मदरसाको गतिविधिमा निगरानी राखेर नेपालको हिन्दु–मुस्लिम विवाद समाधान गर्न सकिन्छ
- २०८३ जेठ १२ मंगलबार
हालै मधेश प्रदेशका धनुषा र आसपासका क्षेत्रमा हिन्दु–मुस्लिम समुदायबीच सामाजिक तनाव बढेको समाचारले समग्र नेपाली समाजका लागि चिन्ताको विषय प्रस्तुत गरेको छ। टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा धार्मिक संवेदनशील विषयलाई लिएर
पूरा पढ्नुहोस्


