जनकपुरः स्थानीय तस्करले लुकाएर राखेका तीन लाख बराबरका अवैध कपडा बरामद
सशस्त्र प्रहरी बल नेपाल गुल्म महिनाथपुरको डिएसपी सुरेश कोइरालाको कमान्डमा खटिएको ४७ जना र ईलाका प्रहरी कार्यालय औरही बरिस्ठ सई धनबहादुर खड्काको कमान्डमा ५ जनाको प्रहरी टोली र भन्सार कार्यालयबाट सुब्बा कृष्णदेव यादव सहितको टोलि खटिएको र छापा मार्नका लागि आवश्यक प्रक्रिया पुरा गरि ३ लाख मूल्य बराबरको कपडा बरामद गरेको छ ।

२०८३ जेठ ११ सोमबार, बेलुकी ७:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाबाट भन्सार छली अवैध रूपमा निकासी भएका तीन लाख बराबरको कपडा बरामद गरेको छ ।
धनौजी गाउँपालिका ४ तरही नाम नखुलेको व्यक्तिको गाईगोठ भित्र भारतबाट अवैध कपडा बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल गुल्म महिनाथपुरको डिएसपी सुरेश कोइरालाको कमान्डमा खटिएको ४७ जना र ईलाका प्रहरी कार्यालय औरही बरिस्ठ सई धनबहादुर खड्काको कमान्डमा ५ जनाको प्रहरी टोली र भन्सार कार्यालयबाट सुब्बा कृष्णदेव यादव सहितको टोलि खटिएको र छापा मार्नका लागि आवश्यक प्रक्रिया पुरा गरि ३ लाख मूल्य बराबरको कपडा बरामद गरेको छ ।
बरामद भएका कपडाहरू जनकपुर भन्सार कार्यालयमा पठाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…