सँचारकर्मी सिँहले मागे पोलिग्राफ टेस्ट रिपोर्ट, एसपी भन्छ : "छैन रिपोर्ट !"
न्यूज ब्यूरो | जनकपुरधाम, १८ साउन । सँचारकर्मी राजकमल सिँहको प्रकरणमा धनुषाका एसपी गोविन्द थपलियासँग धनुषाका पत्रकारहरु भेटघाट गरेका छन् । थुनुवामा रहेको सिँह उपर म्याद थप गरी ज्यान मार्ने उद्योग मुद्दाको प्रतिवादी बनाएर हिरासतमा राखिएको छ । सिँहको प्रकरणमा कुराकानी गर्न तथा सत्यतथ्य बुझन धनुषाका पत

२०७५ साउन १८ शुक्रबार, बेलुकी ७:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १८ साउन । सँचारकर्मी राजकमल सिँहको प्रकरणमा धनुषाका एसपी गोविन्द थपलियासँग धनुषाका पत्रकारहरु भेटघाट गरेका छन् ।
थुनुवामा रहेको सिँह उपर म्याद थप गरी ज्यान मार्ने उद्योग मुद्दाको प्रतिवादी बनाएर हिरासतमा राखिएको छ ।
सिँहको प्रकरणमा कुराकानी गर्न तथा सत्यतथ्य बुझन धनुषाका पत्रकारहरुको टोली जिल्ला प्रहरी कार्यालय धनुषा पुगेपछि सिँहले आफ्नो पोलिग्राफ टेस्ट रिपोर्ट माग गरेका छन् ।
प्रतिनीधि सभाको चुनावको बेला गत वर्ष मँसिर २६ गते राती करिब ९ बजेतिर जनकपुरधामको भानुचोकदेखि वकिल टोलको गल्लीमा मोटरसाईकल दुर्घटना प्रकरणसँग जोडिएर ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको हो ।
त्यसै बखत अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाले छानबिनको लागि पत्रकार सिँहलाई समेत पोलिगाफ टेस्ट गरेको थियो भने सफाई समेत दिइएको सिँहले बताएका छन् । 
गत बर्ष मँसिर २६ गते राती विजय महता र रवि साह उर्फ तुलसी साह नामक दुई युवा सवार पल्सर मोटरसाईकल घटनामा रविको ज्यान गएको थियो भने विजय महता गम्भिर घाईते भई उपचारपछि सकुशल रहेका छन् ।
सँचारकर्मी सिँहलाई विजय महतालाई वादी बनाउँदै यही साउन १६ गते मात्र ज्यान मार्ने उद्योगको मुद्दा दायर गर्दै पक्राउ गरी हिरासतमा राखिएको छ ।
पत्रकारहरुको टोलीले सिँहको मागलाई उदृत गर्दै पोलिग्राफ टेस्टको बारेमा जिकिर गर्दा आफूसित पोलिग्राफ टेस्ट नरहेको प्रतिक्रिया दिएका छन् ।
यसका साथै, एसपी थपलियाले पत्रकार सिँहको मुद्दामा अनुसन्धान गरिरहेको भन्दै दोषी नउम्कने तथा निर्दोष नफँस्ने प्रतिवद्धता समेत जाहेर गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…