कलैया यातायात कार्यालयबाट भोलीदेखि स्मार्ट लाईसेन्स वितरण सुरु हुने
यस्तै, वैशाख १८ देखि २० गतेसम्म सार्वजनिक बिदा रहे पनि स्मार्ट लाइसेन्स वितरण सेवा नियमित रूपमा सञ्चालन हुने कार्यालयले स्पष्ट पारेको छ। सो अवधिमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिने कार्यालय प्रमुख चिन्तन आचार्यले जानकारी दिएका छन्।

२०८३ बैशाख १६ बुधबार, बेलुकी ७:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कलैया । यातायात व्यवस्था कार्यालय कलैयाले भोलि (बैशाख १७ गते) देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को स्मार्ट कार्ड वितरण सुरु गर्ने भएको छ।
कार्यालयका अनुसार नयाँ जारी, श्रेणी थप, नवीकरण तथा प्रतिलिपि (डुप्लिकेट) सवारी चालक अनुमति पत्रहरू यातायात व्यवस्था विभागबाट छपाइ भई प्राप्त भएकाले वितरण कार्य सुरु गर्न लागिएको हो।
स्मार्ट लाइसेन्स कार्ड लिन आउने सेवाग्राहीहरूले पुरानो सवारी चालक अनुमति पत्र वा राजस्व तिरेको सक्कल रसिद अनिवार्य रूपमा साथमा ल्याई स्वयं उपस्थित हुनुपर्ने कार्यालयले जनाएको छ।
यस्तै, वैशाख १८ देखि २० गतेसम्म सार्वजनिक बिदा रहे पनि स्मार्ट लाइसेन्स वितरण सेवा नियमित रूपमा सञ्चालन हुने कार्यालयले स्पष्ट पारेको छ। सो अवधिमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिने कार्यालय प्रमुख चिन्तन आचार्यले जानकारी दिएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…