धनुषामा हेलिकप्टरबाट बिहे, हेलिकप्टर हेर्न विभिन्न गाउँबाट ओर्ले जनसागर !
न्यूज ब्यूरो | जनकपुरधाम, १७ साउन । धनुषाको एक गाउँमा अनौठो तरिकाले विहे गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौयस भनिने दक्षिणी टोलमा हेलिकप्टरबाट बिहे भएको छ । स्थानीय समसुल राईनकी छोरी फरजाना खातुन र जनकपुर उपमहानगरपालिका वडा नं. १९ शिवपुर बस्ने हाजिम गुलाम यासिमको छोरा सतार राईनबीच वि

२०७५ साउन १७ बिहीबार, बेलुकी ७:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १७ साउन । धनुषाको एक गाउँमा अनौठो तरिकाले विहे गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौयस भनिने दक्षिणी टोलमा हेलिकप्टरबाट बिहे भएको छ ।
स्थानीय समसुल राईनकी छोरी फरजाना खातुन र जनकपुर उपमहानगरपालिका वडा नं. १९ शिवपुर बस्ने हाजिम गुलाम यासिमको छोरा सतार राईनबीच विहिबार दिउँसो वैवाहिक कार्यक्रम हेर्न हजारौँको भिड ओर्लियोको थियो ।
बिहेमा बेहुला पक्षबाट एक हेलिकप्टर सहित ६१ ओटा चारचक्के लिएर जन्ती भरेको देखेर गाउँवासीहरु अच्चम परे ।
दुवै परिवारबीच दाईजो नभएपनि समाजिक रुपमा यस्तोलाई दिखावा र विकृतिको रुपमा लिइरहेका छन् ।
बेहुलाको गाउँदेखि करिब ६/७ किलोमिटरको दुरीमा मात्र रहेको नौयसविघामा यतिको दुरीमा मात्र हेलिकप्टरबाट बेहुला ओर्लेपछि समाजिक सञ्जालमा नाकारात्मक र साकारात्क टिकाटिप्पणी थालिएको छ ।
बेहुला पक्ष वा बेहुली पक्षले खर्च गरेको रकमबाट सार्वजनिक अस्पताल वा खयरात अस्पताल वा गरिबहरुको लागि सहयोग अपरिहार्य रहने थियो भनेर बताउँछन् ।यस्तो दिखावाले आगामी दिनमा अन्य व्यक्तिले गर्न थालेपछि मधेसमा ओइलाइदै गएको दाईजो प्रथाबाट माथि उठेपनि दिखावाको भावले नाकारात्मक र आर्थिक भार थप्ने बताइन्छ ।
हालाकी, त्यस गाउँमा मात्र हैन, धनुषामै पहिलो पटक बेहुला विहेको लागि हेलिकप्टर चार्टर गरेको पहिलो कथा हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…