बारा–२ मा संघीय समाजवादी फोरम नेपाल
बारा, सिमरा २४ मंसिर । क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका रामसहायप्रसाद यादव विजयी हुनुभएको छ । यादवले २८ हजार १८५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राधेचन्द्र यादवले १५ हजार ७९० मत प्राप्त गर्नुभएको निर्वाचन क्षेत्र नं २ का निर्वाचन अ

२०७४ मंसिर २४ आइतबार, दिउँसो ३:०६ बजे१ मिनेट पढाइ

बारा, सिमरा २४ मंसिर । क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका रामसहायप्रसाद यादव विजयी हुनुभएको छ ।
यादवले २८ हजार १८५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राधेचन्द्र यादवले १५ हजार ७९० मत प्राप्त गर्नुभएको निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो ।
क्षेत्र नं २ मा कूल ५९ हजार ९०१ मत खसेको थियो जसमा तीन हजार ५१६ मत बदर भएको छ । नवनिर्वाचित सांसद यादव संघीय समाजवादी फोरम नेपालका केन्द्रीय महासचिव हुनुहुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…