सिरह नगरपालिकाका मेयर यादबविरुद्ध पक्राउ पूर्जी जारी
गत सोमबार सिरहा नगरपालिकामा कार्यरत कार्यालय सहायक रामशरण यादवमाथि मेयरले कुटपिट गरेको आरोपमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको ।

२०८२ चैत २६ बिहीबार, बेलुकी ५:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाका नगरपालिकाका नगर प्रमुख डा. नबिन कुमार यादवमाथि पक्राउ पूर्जी जारी भएको छ ।
कार्यालय सहायकलाई कुटपिट गरेको प्रकरणमा उनीमाथि पक्राउ पूर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, मेयर यादवमाथि अभद्र व्यवहार मुद्दामा पक्राउ पूर्जी जारी भएको हो ।
गत सोमबार सिरहा नगरपालिकामा कार्यरत कार्यालय सहायक रामशरण यादवमाथि मेयरले कुटपिट गरेको आरोपमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको ।
उनीमाथि पक्राउ पूर्जी जारी भएपनि उनलाई भने अहिले पक्राउ गरिएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…