प्रधानमन्त्रीपछि उपसभामुख पाउँदै जनकपुर, रास्वापाको समर्थन उपसभामुख बन्दै जनकपुरकी रुबी ठाकुर
रास्वपा प्रवक्ता मनिष झाले प्रतिनिधिसभाको उपसभामुखमा ठाकुरलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार ठाकुरको प्रस्तावकमा रास्वपा सांसद अशोक चौधरी रहनेछन्। रास्वपाका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले श्रम संस्कृति पार्टीलाई दिएको समर्थनलाई नयाँ र उदीयमान राजनीतिक शक्तिबीचको सहकार्यका रूपमा व्याख्या गरेका छन्।

२०८२ चैत २६ बिहीबार, दिउँसो ३:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर उपसभामुख बन्ने लगभग निश्चित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले औपचारिक रूपमा समर्थन गर्ने निर्णय गरेपछि प्रतिनिधिसभामा सात सिट रहेको श्रम संस्कृति पार्टीले उपसभामुख पद पाउने बाटो खुलेको हो।
रास्वपा प्रवक्ता मनिष झाले प्रतिनिधिसभाको उपसभामुखमा ठाकुरलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार ठाकुरको प्रस्तावकमा रास्वपा सांसद अशोक चौधरी रहनेछन्।
रास्वपाका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले श्रम संस्कृति पार्टीलाई दिएको समर्थनलाई नयाँ र उदीयमान राजनीतिक शक्तिबीचको सहकार्यका रूपमा व्याख्या गरेका छन्।
धनुषाबाट निर्वाचित ठाकुर उपसभामुख बनेमा संसद् नेतृत्व तहमा श्रम संस्कृति पार्टीको पहिलो महत्त्वपूर्ण प्रतिनिधित्व हुनेछ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…