विद्यालयका कर्मचारी, शिक्षकले आफ्ना छोराछोरी सरकारी स्कूलमै पढाउनुपर्ने नियम लागू
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, सार्वजनिक शिक्षामा विश्वास जगाउनु र समान शिक्षाको अवधारणा लागू गर्नको लागि नगरपालिकाले सो क्षेत्रभित्रका सबै सरकारी कर्मचारी, शिक्षक, कर्मचारी र जनप्रतिनीधिहरुले समेत आ आफ्ना छोराछोरीलाई समुदायिक स्कूलमै पढाउनुपर्ने नियम लागू गरिएको जनाएको छ ।

२०८२ चैत २२ आइतबार, बिहान १०:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, गोरखा । गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरूले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा नै भर्ना गराउनुपर्ने नियम कडाइका साथ लागू गरेको छ।
शिक्षाको गुणस्तर सुधार र सरकारी विद्यालयप्रति विश्वास बढाउने उद्देश्यले यो निर्णय लिइएको हो।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, सार्वजनिक शिक्षामा विश्वास जगाउनु र समान शिक्षाको अवधारणा लागू गर्नको लागि नगरपालिकाले सो क्षेत्रभित्रका सबै विद्यालय कर्मचारी, शिक्षकहरुले समेत आ आफ्ना छोराछोरीलाई समुदायिक स्कूलमै पढाउनुपर्ने नियम लागू गरिएको जनाएको छ ।
आगामी शैक्षिक सत्रदेखि नै छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने भनेर नगरप्रमुखले सूचना जारी गरेको हो ।
यो कदमले सामुदायिक विद्यालयको शैक्षिक वातावरणमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…