गोलबजार नगरपालिकामा आन्दोलनमा रहेका दललाई वार्ताको लागि अह्वान
न्यूज ब्यूरो | सिरहा, १६ साउन । सिरहाको गोलबजार नगरपालिकामा आन्दोलनमा उत्रेका स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुलाई नगरपालिकाले वार्ताको लागि आह्वान गरेको छ । दोस्रो नगरसभाले गरेका कर सम्बन्धी दररेटको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेकाहरुलाई नगरपालिकाले वार्ताको लागि आह्वान गरेको हो । स्थानीय

२०७५ साउन १६ बुधबार, बिहान ११:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, १६ साउन । सिरहाको गोलबजार नगरपालिकामा आन्दोलनमा उत्रेका स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुलाई नगरपालिकाले वार्ताको लागि आह्वान गरेको छ । दोस्रो नगरसभाले गरेका कर सम्बन्धी दररेटको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेकाहरुलाई नगरपालिकाले वार्ताको लागि आह्वान गरेको हो ।
स्थानीय सात राजनीतिक दलका नाममा नेपाली कांग्रेस सहितका दलले आन्दोलन गरेपछि नगरपालिकाले मंगलबार साँझ पत्रकार सम्मेलनमार्फत् वार्तामा आउन आह्वान गरेका हुन् । पत्रकार सम्मेलनमा आन्दोलनरत दलसँग मध्यस्थताका लागि तीन जना मध्यस्थकर्तासहित नगर प्रमुख देवनाथ साहको अध्यक्षतामा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको जानकारी दिइएको छ ।
वार्ता समितिमा वडाध्यक्षहरु धनप्रसाद लामा, राजदेव यादव, रामपुकार कामती र रामदेव यादव रहेको नगर प्रवक्ता उमेश बरालले जानकारी दिनुभयो । प्रवक्ता बरालका अनुसार नेपाली कांग्रेससहित सात राजनीतिक दलको नाममा पछिल्लो तीन दिनदेखि भएको आन्दोलनको कारणले नगरपालिकाको दैनिक काम प्रभावित हुन नदिन हदैसम्म लचिलो बन्दै साउन १ गतेदेखि लागू गरिएको सम्पत्ति र सेवा शुल्क दस्तुर अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको छ ।
नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राजपा, राप्रपा (प्रजातान्त्रिक), नयाँ शक्ति पार्टी नेपालससहित सात दलले साउन ९ गते नगरपालिकामा १३ बुँदे मागपत्र पेश गरेका थिए । मागपत्रमा आ.व.२०७४÷०७५ वडा तथा नगर स्तरीय योजना, स्टिमेट, उपभोक्ता समितिको विवरण, नगर क्षेत्रका नयाँ तथा पुराना सडकको मापदण्ड, दोस्रो नगरसभाबाट पारित गरिएका नीति, कार्यक्रम तथा योजना, न्यायिक समितिमा परेका उजुरीको विवरण, नगरको आन्तरिक श्रोतबाट तलव सुविधा खानेगरी भर्ना भएका कर्मचारीको विवरण लगायतको माग गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…