जनकपुरधामको अतिक्रमित जग्गा फिर्ता ल्याउने डिजिटल कार्य सुरु हुँदैछः साँसद झा
जनकपुरधामभित्र दुई हजार बढी विघा मठ मन्दिरको जग्गा जमिन केही माफियाहरुले कब्जा गरी अतिक्रमण गरेको छ । नयाँ सरकार आएपछि जग्गा अतिक्रमणमुक्त हुने सम्भावना बढदै गएको छ ।

२०८२ चैत १६ सोमबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनीधिसभा सदस्य मनिष झाले जनकपुरधाको अतिक्रमित जग्गाहरु फिर्ता ल्याउने कार्य सरकारले थालनी गरेको बताएका छन् ।
बालेन नेतृत्वको सरकारले जारी गरेको १०० कार्यसूचिमा भूमि सम्बन्धी समेत कार्य रहेको भन्दै साँसद झाले जनकपुरधाम क्षेत्रभित्र अतिक्रमणमा परेको मठ मन्दिरको जग्गा, सार्वजनिक जग्गा फिर्ता ल्याउने कार्य सुरु हुने जनाएका छन् ।
उनले समाजिक सँजाल मार्फत जनकपुरधामभित्र अतिक्रमण पारिएको जग्गाहरु चाँडै डिजिटलाईजेशन गरी फिर्ता ल्याउने बताएका छन् ।
जनकपुरधामभित्र दुई हजार बढी विघा मठ मन्दिरको जग्गा जमिन केही माफियाहरुले कब्जा गरी अतिक्रमण गरेको छ । नयाँ सरकार आएपछि जग्गा अतिक्रमणमुक्त हुने सम्भावना बढदै गएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…