सुनचाँदीको मूल्यमा लगातार पहिरो, अब यति सस्तियो सुन
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा एक सय १५ रुपैयाँ घटेर चार हजार चार सय २५ मा कारोबार भइरहेको छ।

२०८२ चैत ९ सोमबार, बिहान ११:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली बजारमा सुनको मूल्य लगातार भारी मूल्यले घट्ने क्रम जारी छ। आइतबार तोलामा १२ हजार पाँच सय घटेको सुनको मूल्य सोमबार ६ हजार ५ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो। एक हप्ताको अवधिमा सुनको मूल्य ३४ हजार रुपैयाँ घटेको छ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा एक सय १५ रुपैयाँ घटेर चार हजार चार सय २५ मा कारोबार भइरहेको छ।
आइतबार चाँदी चार हजार पाँच सय ४० रुपैयाँमा कारोबार भएको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…