घण्टीको भोँट माग्न धनुषामा अहोरात्र खटेका देवनारायण र जुली रास्वपाको समानुपातिकबाट बायकट्ट

२०८२ चैत २ सोमबार
बिहान १०:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । गत फागुन २१ गते सम्पन्न आसन्न प्रतिनीधिसभा निर्वाचनको लागि अहोरात्र खटेका समानुपाति तर्फका उम्मेदवार देवनारायण मण्डल र जुली कुमारी यादव राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचिमा अटाएनन् । 

धनुषा जिल्लाको चारै क्षेत्रमा घुमेर बालेनको लागि घण्टीमा भोंट मागेका धनुषा निर्वाचन क्षेत्र नं. १ का देवनारायण मण्डल र धनुषा कमला नगरपालिका वडा नं. ३ पर्सा बस्ने जुली यादव रास्वपाको समानुपाति सूचिमा अटाएनन् । 

मधेशबाट १२ लाख बढी समानुपातिक मत प्राप्त गरेको रास्वपाले देवनारायण मण्डललाई पाखा लगाएपछि उनले ३० प्रतिशत समय पार्टीले खोजेको बेला समय दिने बताएका छन् । मिथिलाबिहारी २ र ३ को बीचमा रहेको कल्चरल भिलेजका सँचालक समेत रहेका मण्डलले फेसबुकमा एक स्टेटस लेख्दै पार्टीलाई ३० प्रतिशत र बाँकी आफ्नै बिजनेशलाई समय दिने उल्लेख गरेका छन् । उनले पार्टीप्रति आन्तरिक रिस पोखेको टिप्पणी गरिएको छ । 

यस्तै, जुली कुमारी यादवले समानुपातिक सूचिमा अटाउन काठमान्डौँ धाएपनि रास्वपाले उनलाई समानुपातिकमा अटाउन चाहेनन् । चुनावमा तामझाम गरेकी जुलीलाई रास्वपाले समानुपातिकमा नपत्याएपछि उनी निरास देखिएकी छन् । 

समानुपातिक सूचिमा पर्ने भनेर गाउँबाट काठमान्डौँ गएकी जुलीले निकै मिहिनेत गरेपनि अटाइनन् । समानुपातिकको अन्तिम सूचिसम्म उनले फेसबुकमा एउटा भिडियो पोष्ट गरिन् जसमा उनले आफ्नो नाम सिफारिस भएको भनेर भाव झल्किन्छन् । उनलाई उनका समर्थकहरुले फेसबुकमा बधाई पनि दिएका छन् । केही बेरपछि उनको नाम नआएपछि हतास भएकी जुलीले यसपाली नभएको र अब प्रत्यक्षमै आउने भनेर स्टेटस लेखेकी छन् । 

देवनारायणले समाजिक क्षेत्रमा पर्यावरण अभियानीको रुपमा पहिचान बनाएका व्यक्ति हुन् भने जुली यादव MBA/केही समय मोडलिँग (मोडेल) क्षेत्रबाट सिधा रास्वपाको समानुपातिक सूचिमा मधेशी महिला तर्फ ८ नम्बरमा नाम रहेकी उम्मेदवार चुनिइन् । (उनको फेसबुकबाट)

 

  • 0%
  • 0%
  • 50%
  • 0%
  • 50%
  • 0%

नेपाली खेलाडी आईपीएल खेल्न सक्षम छन् : कप्तान रोहित पौडेल

  • २०८२ चैत २ सोमबार

काठमाडौं | नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले प्रदर्शन र योग्यताका आधारमा नेपाली खेलाडी इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न सक्षम भइसकेको दाबी गरेका छन्। मंगलबार मुम्बईस्थित वानखेडे स्टेडियममा रहेको बालासाहेब स्टेडियमको प्रेस

पूरा पढ्नुहोस्

Bureau Menus