धनुषा १ः किशोरी साहको मुद्दामा अदालतले दिएनन अन्तरिम आदेश, मातृकाको सँसद पद कायमै !
सर्वोच्च अदालतको यो आदेशसँगै हालका लागि निर्वाचन आयोगको निर्णय यथावत रहने भएको छ। त्यससँगै धनुषा क्षेत्र नम्बर १ बाट मात्रिका यादव निर्वाचित भएको भनी निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णय पनि सदर भएको छ।

२०८२ चैत १ आइतबार, बेलुकी ६:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह को उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्कालका लागि हस्तक्षेप नगर्ने आदेश दिएको छ।
निर्वाचन आयोगको निर्णय बदर गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने मागसहित साहले अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
तर न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले उक्त विषयमा अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएको ठहर गरेको हो।
सर्वोच्च अदालतको यो आदेशसँगै हालका लागि निर्वाचन आयोगको निर्णय यथावत रहने भएको छ। त्यससँगै धनुषा क्षेत्र नम्बर १ बाट मात्रिका यादव निर्वाचित भएको भनी निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णय पनि सदर भएको छ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…