धनुषा १ः किशोरी साहको मुद्दामा आज सर्वोच्चमा सुनुवाई हुँदै
गत फागुन १९ गते उनले कालोसूचिमा नरहेको प्रमाण बुझाउन नसक्दा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसपछि २१ गते भएको चुनावमा उनको मत बदर हुने भनेर आयोगले पहिले नै घोषणा गरिदिएको थियो । बैलेट पेपरबाट घण्टी चिन्ह हटाउन सकिने सम्भावना न्यून भएपछि सो चिन्हमा पर्ने प्रत्यक्ष तर्फको मत बदर हुने घोषणा गर्दै दोस्रो बढी मत ल्याएका मातृका यादवलाई निर्वाचितको प्रमाणपत्र समेत दिएको हो ।

२०८२ चैत १ आइतबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आसन्न निर्वाचन हुनुभन्दा अगाडी नै कालोसूचिको कारण उम्मेदवारी रद्द भएका धनुषा १ का उम्मेदवार किशोरी साह कमलको मुद्दामा आज सुनुवाई हुने भएको छ ।
गत शुक्रबार चढेको पेशीमा न्यायाधीश शारङ्गा सुवेदीले हेर्न नमिल्ने भन्दै ुरेक्युजलु गरेपछि आइतबार (आज) का लागि सुनुवाइ सरेको थियो ।
सुवेदीकै इजलासले बिहीबार साहको कालोसूचीसम्बन्धी रिटमा अन्तरिम आदेश गरेको थियो । सोहीकारण स्वार्थ बाझिने भन्दै सुवेदीले यो रिटलाई हेर्न नमिल्नेमा राखेको थियो ।
उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध निर्वाचन आयोगलाई विपक्षी बनाइएको रिट शुक्रबार न्यायाधीशद्वय सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा पेशी चढेको थियो ।
निर्वाचन आयोगले कालोसूचीमा रहेको कारण देखाउँदै साहको उम्मेदवारी खारेज गरेको थियो । यद्यपि उनी उम्मेदवार रहेको घण्टी चिह्नमा सर्वाधिक मत खसेको थियो ।
आयोगले नेपाली कम्युनिस्ट पार्टीका मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ ।
गत फागुन १९ गते उनले कालोसूचिमा नरहेको प्रमाण बुझाउन नसक्दा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसपछि २१ गते भएको चुनावमा उनको मत बदर हुने भनेर आयोगले पहिले नै घोषणा गरिदिएको थियो । बैलेट पेपरबाट घण्टी चिन्ह हटाउन सकिने सम्भावना न्यून भएपछि सो चिन्हमा पर्ने प्रत्यक्ष तर्फको मत बदर हुने घोषणा गर्दै दोस्रो बढी मत ल्याएका मातृका यादवलाई निर्वाचितको प्रमाणपत्र समेत दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…