दुबई पुगेर कूष्ठरोगको सिकार बनेका चौधरीलाई अपन मिथिला सेवा समाजले गरे घर फर्कन टिकट सहयोग
न्यूज ब्यूरो | दुबई, १५ साउन । करिब १७ महिना अघि रोजगारीको सिलसिलामा यूएई पुगेर कूष्ठरोगको सिकार बनेपछि उद्वार गरिएका मोरङ जिल्लाका डागिहाट–९ का ३४ वर्षीय हेम नारायण चौधरीलाई युएईस्थित अपन मिथिला सेवा समाजले नेपाली १८ हजार पर्ने फ्लाई दुबई एयरलाइन्सको टिकट सहयोग गरेका छन् । अपन मिथिला सेवा समाज युएई

२०७५ साउन १५ मंगलबार, बिहान ८:४९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
दुबई, १५ साउन । करिब १७ महिना अघि रोजगारीको सिलसिलामा यूएई पुगेर कूष्ठरोगको सिकार बनेपछि उद्वार गरिएका मोरङ जिल्लाका डागिहाट–९ का ३४ वर्षीय हेम नारायण चौधरीलाई युएईस्थित अपन मिथिला सेवा समाजले नेपाली १८ हजार पर्ने फ्लाई दुबई एयरलाइन्सको टिकट सहयोग गरेका छन् ।
अपन मिथिला सेवा समाज युएईले प्रदान गरेको उक्त टिकट संस्थाका संयोजक हरिदेब शर्मा, कोषाध्यक्ष निरज दास, सचिब सन्जिब यादब, बरिष्ठ सल्लाहकार रमेश यादब, सखिचन्द्र रजक र सिवनाथ यादबले पिडितको कम्पनी जवलालिमा गई उनको क्याम्पमा पुगि सो टिकट हस्तान्तरण गरेका हुन् ।
समाजले यसअघि पिडित चौधरीलाई तत्कालै त्यहाँस्थित हस्पिटल उपचार गराएर क्याम्पमा फर्काएका थिए । चिकित्सकले यहाँ महंगो पर्ने भन्दै पछि पीडित चौधरीलाई नेपालकै सुबिधा सम्पन्न हस्पिटलमा उपचार गराउन सल्लाह दिएका थिए ।
लगातार ४ महिनादेखि समस्याले पिडित चौधरी आफ्नो डिउटि समेत जान नसक्ने भएको थियो । पटकपटक हस्पिटल जादा र औषधि खादापनि सुधार नभएपछि र कम्पनीले समेत वास्ता गर्न छोडदा चौधरीले कम्पनीबाट आफ्नो ईस्तफा दिएको थिए ।
कम्पनीले ईस्तफा स्वीकार गरेपनि हिसाब किताब दिदा टिकटको रकमसम्म नपुग्ने गरि जम्मा मात्र ५०० दिराम हातमा थमाई दिएको थियोे । सो रकमले साथीबाट उपचारको लागि लिएको उधारो पनि टार्न नसक्दा चौधरी समस्या परेका थिए । समस्यामा परेपछि चौधरीले अपन मिथिला सेवा समाजका उपाध्यक्ष पप्पु मिश्रसंग गुहारको मागेको थियो । त्यस सन्दर्भमा अपन मिथिला सेवा समाजले दुबईमा रहेको सम्पूर्ण सदस्यहरू मिलि सहयोगको कुरा टुंगो पारेको थियोे ।
‘म त मजदुरी गरेर घरपरिवार धानिरहेको छु । मलाई यति ठूलो निर्मम पिडा, समस्या आईपर्दा केहि सोच्नै सकेको छैन, अहिलेसम्म उपचारमा निरन्तर लागिरहेको छु ।’ चौधरी ले भन्नुभयो, ‘हाम्रो लागि टिकट सहयोग गर्नुहुने सबै संस्थाका दाजुभाई हरुप्रति आभारी छौँ । यहाँहरुको सहयोगले गर्दा घर फर्कनमा धेरै सहयोग पुगेको छ ।’
वैदेशिक रोजगारीका लागि युएईमा रहेका युवाहरुले चलाईरहेको संस्था अपन मिथिला सेवा समाजले हरेक समयमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ । यो संस्थाको शाखा दुबईमा मात्र नभई कतार, सउदि अरब, कुवेत, मलेसिया र भारत समेतका देशहरुमा रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…