स्वतन्त्र जितेका महावीर पुनको चुनावी खर्च २८ लाख बढी, खाना बासमै १३ लाख
महावीर पुनले होटलमा खाना तथा बासमा १३ लाख ७६ हजार रुपैयाँ देखाएका छन् । डिजेलमा ३ लाख ६० हजार रुपैयाँ उल्लेख छ । स्टेशनरीमा २५ हजार ३०० र विविधमा ७० हजार ८७७ रुपैयाँ खर्च देखाएका छन् ।

२०८२ फागुन २९ शुक्रबार, बिहान ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, म्याग्दी । म्याग्दी निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित उम्मेदवार महावीर पुनको चुनावी खर्च २८ लाख बढी भएको देखाएको छ ।
निर्वाचन आयोगमा महावीर पुनले पेश गरेको खर्च विवरणमा उनले २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । फागुन २७ गते निर्वाचन आयोगमा दर्ता भएको पुनको दर्ता नं. ६–७२८ नम्बरको खर्च दर्तामा उनले सो रकम खर्चको विवरण बुझाएका हुन् ।
महावीर पुनले पेश गरेको खर्च विवरणमा मनोयन दर्ता १० हजार, मतदाता नमावली खरिद रु. ३ हजार, प्रचार प्रसार समाग्री खरिदमा २ लाख ९० हजार ५७५ रुपैयाँ खर्च देखाएका छन् ।
यस्तै, यातायात खर्च र मर्मत शिर्षकमा ६ लाख ६० हजार ९९८ रुपैयाँ देखाएका छन् । ड्राईभरको ज्याला १ लाख ४० हजार देखाएका छन ।

महावीर पुनले होटलमा खाना तथा बासमा १३ लाख ७६ हजार रुपैयाँ देखाएका छन् । डिजेलमा ३ लाख ६० हजार रुपैयाँ उल्लेख छ । स्टेशनरीमा २५ हजार ३०० र विविधमा ७० हजार ८७७ रुपैयाँ खर्च देखाएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनः सबभन्दा अधिक खर्च देखाएका छन् । स्वतन्त्र उम्मेदवारहरुमध्ये उनको खर्च बढी देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…