CIB को कालोसूचिबाट किशोरी साहको नाम हटाउन सर्वोच्चको अन्तरिम आदेश, आयोगको निर्णय कायमै
उनको नाम २८ गतेदेखि कालोसूचिबाट हटाइने भएपनि निर्वाचन अवधिसम्म कालोसूचिमै रहेकोले उम्मेदवारी कायम हुन सक्ने कुनै तुक नरहेको एक अधिवक्ताले बताए । उम्मेदवार अवधिसम्म उनको नाम त्यतिबेला कालोसूचिमा रहेको आधारमै निर्वाचन आयोगले उम्मेदवारी रद्द गरेकोले अब कालोसूचिबा हटेपनि उम्मेदवारी कायम हुने नदेखिएको बताए ।

२०८२ फागुन २८ बिहीबार, बेलुकी ७:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको नाम कर्जा सूचना केन्द्रको सूचिबाट नाम हटाउन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतमा परेको रिटमा साहको नाम कालोसूचिमा भएको कारण उम्मेदवारी रद्द भएको भन्दै गरेको अन्तरिम आदेशमा नाम हटाउन कर्जा सूचना केन्द्र र नेपाल राष्ट्र बैँकको नाममा जारी गरिएको हो । न्यायाधीश सारंगा सुवेदीको इजलासले उनको नाम हटाउन अन्तरिम आदेश दिएको हो ।
यता, निर्वाचन आयोगले भने निर्वाचन अघिसम्म उनको नाम कर्जा सूचना केन्द्रको ब्लैकलिस्टमा रहेको भन्दै उम्मेदवारी खारेज गरेको हो । निर्वाचन आयोगको प्रतिनीधिसभा निर्देशिकामा प्रमाणपत्र नपाउन्जेलसम्म कालोसूचिमा भए जति बेला पनि उम्मेदवारी खारेज भई अयोग्य ठहर हुने उल्लेख छ ।
किशोरी साह कमललाई २८ गते (आज, विहिबार) बाट उनको नाम हटाउन अन्तरिम आदेश दिएको हो ।

उनको नाम २८ गतेदेखि कालोसूचिबाट हटाइने भएपनि निर्वाचन अवधिसम्म कालोसूचिमै रहेकोले उम्मेदवारी कायम हुन सक्ने कुनै तुक नरहेको एक अधिवक्ताले बताए । उम्मेदवार अवधिसम्म उनको नाम त्यतिबेला कालोसूचिमा रहेको आधारमै निर्वाचन आयोगले उम्मेदवारी रद्द गरेकोले अब कालोसूचिबा हटेपनि उम्मेदवारी कायम हुने नदेखिएको बताए ।
भोली शुक्रबार किशोरी साह कमलको मुद्दा सन्दर्भमा सर्वोच्चले फाईल मगाएको हो । निर्वाचन आयोगलाई कुन र के कारणले उम्मेदवारी रद्द गरेको भनेर फाईल माग गरेको हो । भोली पेशी चढने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…