ग्यास राखेर पनि ग्यास नदिने तथा बढी रकम लिएर विक्री गर्ने पसलेलाई हुनेछ कारवाही
महासंघले देशभरका सबै जिल्ला संघमार्फत आफ्ना सदस्य विक्रेतालाई नियमअनुसार मात्र ग्यास बिक्री वितरण गर्न निर्देशन दिइने जनाएको छ। उपभोक्तालाई अनावश्यक अफवाहमा नपरी आधिकारिक मूल्यमा ग्यास खरिद गर्न पनि महासंघले अनुरोध गरेको छ।

२०८२ फागुन २६ मंगलबार, राति ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ग्यास व्यवसायी महासंघ जनकपुरले बजारमा देखिएको ग्यास अभाव तथा केही स्थानमा बढी मूल्यमा ग्यास बिक्री भइरहेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो गतिविधि भएमा त्यो गैरकानुनी भएको स्पष्ट गरेको छ।
महासंघका अनुसार सञ्चार माध्यममा बजारमा ग्यास अभाव देखिएको र केही विक्रेताले उपभोक्तासँग सरकारद्वारा तोकिएको मूल्यभन्दा बढी रकम लिएको भन्ने खबर सार्वजनिक भएपछि उपभोक्तामा चिन्ता बढेको छ। यद्यपि महासंघले अधिकांश ग्यास विक्रेताले नियमअनुसार नै ग्यास बिक्री वितरण गरिरहेको जनाएको छ।
प्रेस विज्ञप्तिमा सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिएर ग्यास बिक्री वितरण गर्नु गम्भीर कानुनी अपराध भएको उल्लेख गर्दै त्यस्तो कार्य नगर्न सबै विक्रेतालाई आग्रह गरिएको छ। साथै कसैले यस्तो कार्य गरेको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराई कानुनी कारबाही गर्न पनि महासंघले सरकारसँग माग गरेको छ।
महासंघले देशभरका सबै जिल्ला संघमार्फत आफ्ना सदस्य विक्रेतालाई नियमअनुसार मात्र ग्यास बिक्री वितरण गर्न निर्देशन दिइने जनाएको छ। उपभोक्तालाई अनावश्यक अफवाहमा नपरी आधिकारिक मूल्यमा ग्यास खरिद गर्न पनि महासंघले अनुरोध गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…