धनुषा १ बाट नेकपाका मातृका यादव निर्वाचित, भर्खरै पाए प्रमाणपत्र
मातृकाले १० हजार ४३० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका राम पल्टन साहले ९ हजार ५०२ मत प्राप्त गरे भने एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मत मत प्राप्त गरे ।

२०८२ फागुन २५ सोमबार, राति ९:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विवाद रहेको धनुषा निर्वाचन क्षेत्र नं. १ बाट मातृका प्रसाद यादव निर्वाचित घोषित गरिएका छन् । उनलाई सोमबार अपरान्ह निर्वाचित घोषित गरिएको हो ।
निर्वाचन कार्यालयले मातृका यादवलाई बेलुकी ९ः०० बजेतर्फ निर्वाचित घोषणा गर्दै प्रमाण पत्र समेत उपलब्ध गराएको हो ।
धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई अयोग्य ठहर गर्दै उम्मेदवारी रद्द गरेको थियो । गत फागुन १९ गते उनको उम्मेदवारी रद्द गरी घण्टी चिन्हा पर्ने मत सबै बदर हुने घोषणा गरेको थियो ।
फागुन २१ गते भएको निर्वाचनमा मतगणना आईतबार नै सम्पन्न भएपनि निर्वाचित को हुने भन्दै दुई पक्षबीच विवाद हुँदै आएको थियो । अधिक मत पाएका घण्टीका किशोरी साह कमलले आफू जनमतबाट निर्वाचित हुनुपर्ने माग उठाए भने उम्मेदवारी खारेज भएपछि दोस्रो हुने निर्वाचित हुने घोषणा निर्वाचन आयोगका प्रमुख आयुक्तले गरेका थिए ।
निर्वाचनको गणना सम्पन्न भएपनि प्रमाणपत्रको लागि दुई पक्षबीच विवाद हुँदै आएको थियो । आज बेलुकी ९ बजे माृतका प्रसाद यादवलाई निर्वाचित घोषित गर्दै प्रमाण पत्र समेत प्रदान गरेको हो ।
मातृकाले १० हजार ४३० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका राम पल्टन साहले ९ हजार ५०२ मत प्राप्त गरे भने एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मत मत प्राप्त गरे ।
यसैबीच उम्मेदवारी खारेज भएपछि उनको अधिकारिक मत भने सार्वजनिक गरिएको छैनन् । यद्यपी, ३० हजार बढी मत गनिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…